भदौ ७, काठमाडौँ | नेपालले ओमनसँग श्रम सम्झौता गर्नका लागि जनशक्ति मन्त्रालयमा सोमबार मस्यौदा बुझाएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले यहाँका श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ७, काठमाडौँ | नेपालले ओमनसँग श्रम सम्झौता गर्नका लागि जनशक्ति मन्त्रालयमा सोमबार मस्यौदा बुझाएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले यहाँका श"/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमनसँग श्रम सम्झौताको तयारी सुरु, ओमानका श्रममन्त्रीद्वारा नेपाली कामदारको तारिफ

२०७४, ७ भाद्र बुधबार ०८:५२

भदौ ७, काठमाडौँ | नेपालले ओमनसँग श्रम सम्झौता गर्नका लागि जनशक्ति मन्त्रालयमा सोमबार मस्यौदा बुझाएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले यहाँका श्रममन्त्री अब्दुल्लाह विन नासिर विन अब्दुल्लाह अल–वर्कीलाई भेट गरी श्रम सम्झौताको मस्यौदा बुझाएकी हुन् । मस्यौदामा घरलु कामदार र औपचारिक क्षेत्रमा काम गर्ने नेपालीको हित र सुरक्षाका विषयहरू उल्लेख छन् ।

मन्त्री अब्दुल्लाहले ओमन नेपाली कामदार ल्याउन जतिसक्दो छिटो श्रम सम्झौता गर्न तयार भएको बताए । ‘हामीलाई नेपाली कामदारमाथि पूर्ण विश्वास छ । नेपालीहरू निकै इमान्दार र मिहेनती पनि छन्,’ उनले भने, ‘हामी आफैंले पनि नेपालसँग श्रम सम्झौता गर्न चाहेका छौं ।’ उनले पर्यटन, अस्पताल, सेवा क्षेत्रमा पनि नेपालीको आवश्यकता रहेकोबताए । ‘श्रम सम्झौतालाई छिटो टुंगाउन प्राविधिक समितिले काम अगाडि बढाइहाल्नेछ,’ मन्त्री अब्दुल्लाहले भने । 

ओमनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सिद्धान्तअनुसार कामदारकोसुरक्षा र हितकोपक्षमा काम गरको जनाउदै उनले भने, ‘कामदारको समस्या समाधान गर्न पनि ओमन सरकारले बलियो संयन्त्र बनाएको छ । गुनासोहरू अनलाइनबाटै लिने गरका छौं ।’ राजदूत ढकालले कामदारको सुरक्षालाई प्रत्याभूत गर्न र दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन श्रम सम्झौता गर्नुपर्ने बताएकी थिइन्। ‘श्रम सम्झौता भएपछि कामदार पठाउन कानुनी रूपमा बाटो खुल्छ,’ उनले भनिन्, ‘यसलाई छिट्टै टुंगाउन नेपाल पनि तयार छ ।’

उनले कानुनी रूपमा कामदार आउने वातावरण तयार गर्न अवैध बाटोबाट घरलु कामदार ल्याउने कार्य रोक्नुपर्नेमा जोड दिएकी थिइन्। ‘श्रम सम्झौता भएपछि घरलु कामदार पठाउन नेपाल तयार छ । अहिले ओमनमा यूएई हुँदै ल्याउने कार्य रोक्नुपर्यो,’ उनले भनिन्, ‘अवधै रूपमा आएका घरलु कामदारका कारण समस्या पनि बढिरहेकोछ ।’

ओमनमा १५ हजार ९ सय ७० नेपाली कार्यरत छन् । जसमा ५ हजार ९ सय ३४ महिला छन् । झन्डै ९५ प्रतिशत महिला घरलु कामदारका रूपमा कार्यरत छन् । ‘यहाँ निर्माण क्षेत्रमा काम गर्ने नेपालीको संख्या एकदमै कम छ । अधिकांश होटल र मार्केटकोक्षेत्रमा काम गर्छन्,’ राजदूत ढकालले भनिन्, ‘औपचारिक क्षेत्रमा काम गर्ने नेपालीको समस्या निकै कम आउने गरको छ ।’

ओमनमा ४५ लाख ८६ हजार जनसंख्या छ । ओमनी २४ लाख ८७ हजार र विदेशी कामदार २१ लाख ६ हजार रहेका छन्। सबैभन्दा बढी बंगलादेशी ७ लाख ४ हजार, भारतीय ६ लाख ८९ हजार र पाकिस्तानी २ लाख ३५ हजार कार्यरत छन्। ‘नेपाली कामदारको पनि माग छ,’ राजदूत ढकालले भनिन्, ‘श्रम सम्झौता भएपछि कानुनी आधार बन्छ । त्यसपछि प्रवद्र्धन गर्न सकिन्छ ।’ – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा