भदौ १२, काठमाडौँ | कोरियामा रोजगारीको आकर्षण कति छ भन्ने कुरा बर्षेनी इपिएस परिक्षाको फारम भर्नेहरुको चापबाट पुष्टि हुन्छ । तुलनात्मक रूपमा राम्रो पारिश्रमिक पाइने को"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौँ | कोरियामा रोजगारीको आकर्षण कति छ भन्ने कुरा बर्षेनी इपिएस परिक्षाको फारम भर्नेहरुको चापबाट पुष्टि हुन्छ । तुलनात्मक रूपमा राम्रो पारिश्रमिक पाइने को"/>
२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पासपोर्ट बनाउँदादेखि रोजगारीको लागि कोरिया पुग्दासम्म कति खर्च लाग्छ ? (लागत सुची सहित)

२०७४, १२ भाद्र सोमबार १३:१८

भदौ १२, काठमाडौँ | कोरियामा रोजगारीको आकर्षण कति छ भन्ने कुरा बर्षेनी इपिएस परिक्षाको फारम भर्नेहरुको चापबाट पुष्टि हुन्छ । तुलनात्मक रूपमा राम्रो पारिश्रमिक पाइने हुँदा कोरियामा जान युवाहरु लालयित हुन्छन् । त्यसमा पनि कोरिया सरकारले यो पटक १० हजार भन्दा बढी नेपालीलाई कोरिया लाने भएपछी यसमा अझै आकर्षित हुनेहरु बढ्ने सम्भावना छ । 

सन्को २००८ देखि सुरु भएको कोरियामा रोजगारीको अवसरले धेरै नेपालीहरुको आर्थिक स्थिति बलियो बनाइदिएको छ ।  त्यस्तै कोरिया भाषा पढाउने व्यावसाय चोक-चोकमा भेटिन्छन भने ब्यबसायीहरु पनि ढुक्क नै छन् । समग्रमा भन्ने हो भने कोरिया झन्डै लाख भन्दा बढी नेपालीयुवाहरुमा लक्षित देश नै बनेको छ भन्दा अत्युक्ति हुँदैन ।

विदेशी कामदार भित्र्याउने नीतिअनुरूप कोरियाले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा परीक्षा सञ्चालन गर्ने हुँदा त्यसमा उत्रिण हुनकै लागि युवाहरु घोडा धसेर पढ्छन् । कोरियाप्रति नेपाली युवाहरुको क्रेज किन पनि छ भने, कोरिया नेपाल सरकार आफैंले श्रम सम्झौता गरी रोजगारीका लागि विदेश पठाउने एकमात्र मुलुक हो । अन्य मुलुकमा चाहिँ सरकारले श्रम सम्झौता गर्ने र व्यवसायीले कामदार पठाउने गरेका छन् । सरकार आफैले पठाउने हुँदा यहाँ म्यानपावरमा जस्तो मनपरी पैसा अशुल्ने काम हुँदैन । मोटामोटी प्रक्रियाको लागि मात्र १ लाख भए पुग्छ जुन रकम गरिवहरुको लागि पनि त्यति ठुलो कुरा हुँदैन । त्यसमा पनि भाषा परिक्षा पास गरेपछि जाने निश्चित भएपछी मात्र अलि बढी खर्च लाग्छ । कोरिया जाँदैछ भनेर मागेपछी ऋणदिनेले पनि सजिलै दिन्छ । उता गएर लागेको पैसा तिर्न पनि लामो समय कुर्नु पर्दैन । १/२ महिनामा तिर्न सकिन्छ । 

अब चर्चा गरौँ कोरिया जान मोटामोटी खर्च कति लाग्छ ? 

कोरिया जान कति खर्च लाग्छ भन्ने कुरामा धेरै कुरा आउँछ। कतिपयले कोरिया भाषा एकैपटकमा पास गर्छन भने कसैले ६/७ पटकमा पनि पास गर्न नसकेर आजित भएको भेट्न सकिन्छ । जसले एकै पटकमा राम्ररी पढेर त्यस अनुसार परिक्षामा राम्रो नतिजा ल्याउनेले कोरिया जानको लागि नाम निकाल्छ भने ऊसको लागत खर्च न्यून हुन्छ । तर ५/६ पटक पढेर पनि पास गर्न नसक्नेले धेरै खर्च गरिसकेका हुन्छन् । खर्चको कुरा नै गर्ने हो भने प्रक्रिया बाहेकका खर्चहरु धेरै हुन्छ । भाषा परिक्षा पास गर्न राम्रो भाषा कक्षा लिनुपर्ने हुन्छ । त्यस्तै भाषा पढ्ने दौरानमा हुने धेरै खर्च साथै समय पनि उत्तिकै दिनुपर्ने हुन्छ । कतै ध्यान नदिई भाषामै केन्द्रित भएर पढ्नुपर्ने हुन्छ । त्यस्तै भाषा पढ्नको लागि पनि गाउँमा सुविधा नहुने हुँदा डेरा गरेर वा आफन्त कहाँ रासन/पानीको जोगाड गरेर बस्नुपर्ने हुन्छ । त्यसैले कोरिया जान त्यति सहज भने छैन । 

हामीले यहाँ कोरिया जानको लागि लाग्ने प्रक्रियागत खर्चको बारेका प्रकाश पार्न खोजेका छौं । तलको तालिकामा कोरिया जानेहरुले प्रक्रियागत रुपमा तिर्ने खर्चको विवरण दिईएको छ: - 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण