१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारका लागि कुन देश जान कति खर्च लाग्छ ? बढी लिए यसो गर्नुस्

२७ भाद्र २०७४, मंगलवार ११:४५

काठमाडौँ | बैदेशिक रोजगारीमा जानको लागि कुन देश जान कति लागत खर्च लाग्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्ने हुँदा त्यस सम्बन्धि जानकारी दिने प्रयास गरिएको छ । 

बिभिन्न म्यानपावर कम्पनीहरुले बैदेशिक रोजगारीमा जाने क्रममा सरकारले तोकेभन्दा बढी पैसा अशुलेको खण्डमा उक्त रकम अबैध हुने हुँदा सोच विचार पुर्याई म्यानपावरलाई पैसा बुझाउनुपर्छ । जुन देशको लागि जति पैसा तोकिएको हुन्छ त्यो भन्दा बढी रकम म्यानपावरले आशुलेमा म्यानपारले कानुन अनुसार कारवाहीको भागीदार हुनुपर्छ । 

साथै कसैले तोकेभन्दा बढी रकम माग गरेमा बैदेशिक रोजगार बिभागको फोन न. ४७८२४५४ मा सिधा सम्पर्क गर्न सकिन्छ ।  त्यस्तै बैदेशिक रोजगार प्रवर्दन बोर्डको फोन न. ४१०५०६८ मा पनि फोन गर्न सकिन्छ । 

खाडी मुलुक र मलेशियाको हकमा फ्रि भिषा फ्रि टिकट लागू गरिएको छ । साथै बिदेशस्थित कम्पनीले इजाजतपत्रवाला संस्थाहरुलाई सेवा शुल्क रकम प्रदान नगरेको अवस्थामा मात्र माथि उल्लेखित सेवा शुल्क वापत अधिकतम रु. १०,००० सेवा शुल्क लिन पाइनेछ । तर बैदेशिक रोजगारमा पठाउने म्यानपावरले तोकेभन्दा ५० गुणासम्म रकम अशुली गर्दै आएका छन् । 


हेर्नुस् – बैदेशिक रोजगारीको लागि कुन देशमा जान कति खर्च लाग्छ ?


याद राख्नुहोस् तोकिएभन्दा बढी रकम लिने म्यानपावरलाई कारवाही हुन्छ । यदी तपाइँले कुनै म्यानपावरलाई तोकिएभन्दा बढी रकम बुझाई विदेश जानुभयो र बिदेशमा कुनै समस्या परेको खण्डमा नेपाल आई क्षेतीपूर्ति माग्नुपर्ने भयो भने तपाईले जाँदा जति पैसा तिर्नुभएको थियो त्यति फिर्ता नपाउन पनि सक्नुहुन्छ त्यसैले बैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेभन्दा बढी पैसा दिनु हुँदैन । तर अधिकांश म्यानपावर कम्पनीहरुले विदेशमा जाने कामदारसँग अबैध रुपमा मोटो रकम अशुल गर्ने गरेका थुप्रै उदाहरणहरु छन् ।


यदी तपाइँसँग कुनैपनि म्यानपावरले तोकिए भन्दा बढी रकम अशुल गर्न खोजेको छ भने तपाइँले माथि दिईएको नम्बरमा सम्बन्धित निकायमा सम्पर्क गर्न सक्नुहुन्छ । तर धेरैले त्यसबारे जानकारी हुँदा-हुँदै पनि सम्बन्धित निकायलाई सूचना दिन खोज्दैनन् । जसको कारण बैदेशिक रोजगारीमा हुने ठगि नियन्त्रण हुन सकेको छैन । यदी कुनै म्यानपावरले चर्को रकम अशुल्छ भने यसको लागि यथेस्ट प्रमाण जुटाउन वा म्यानपावरले मोटो रकम मागेपछि माथि दिईएका फोनमा सम्पर्क गरी म्यानपावरको काम-काज नै ठप्प बनाउन सकिन्छ ।


:: सरकारी मापदण्ड अनुसार बैदेशिक रोजगारका लागि तलका देशमा जाँदा तोकिएको भन्दा बढी रकम अशुल्नु अबैध र गैरकानुनी हुन्छ:-

1. Malaysia – Rs. 10,000/- 

2. Japan – Rs. 50,000/-

3. Bahrain – Rs. 10,000/-

4. Kuwait – Rs. 10,000/-

5. Lebnan – Rs. 70,000/-

6. Maurisas – Rs. 19,000/-

7. Oman – Rs. 10,000/-

8. Poland – Rs. 80,400/-

9. Qatar – Rs. 10,000/-

10. Rasiya – Rs. 80,000/-

11. Saudi Arabia – Rs. 10,000/-

12. UAE – Rs. 10,000/- 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह