२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रमिक आप्रवासका विषयमा साझा धारणा बनाउँदै एशियाका १२ राष्ट्र

२८ भाद्र २०७४, बुधबार ०९:५०

भदौ २८, ललितपुर । सुरक्षित, व्यवस्थित र नियमित आप्रवासका लागि विश्वव्यापी सहकार्य (जिसिएम)को खाकाको सम्बन्धमा ‘कोलम्बो प्रोसेस’मा आबद्ध एसियाका १२ राष्ट्रको साझा धारणा तयार गर्ने विषयमा केन्द्रित रही ती देशका प्रतिनिधि सहितको परामर्श बैठक आजदेखि यहाँ शुरु भएको छ । 


कोलम्बो प्रोसेसमा नेपालसहित भारत, चीन, कम्बोडिया, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड, भियतनाम र अफगानिस्तान सदस्य रहेका छन् । भोलिसम्म चल्ने बैठकमा प्रोसेसमा आबद्ध १२ राष्ट्रमध्ये अफगानिस्तान बाहेकका देशको प्रतिनिधि सहभागी छन् । 

श्रम तथा रोजगार मन्त्रालयको आयोजना तथा अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) र विकास तथा सहायताका लागि स्विस एजेन्सी (एसडिसी)को सहयोगमा शुरु बैठकको श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले आज उद्घाटन गर्नुभयो । 

सन् २००३ मा स्थापना भएको कोलोम्बो प्रोसेसको हाल नेपाल अध्यक्ष राष्ट्र रहेको छ भने अर्को संस्था ‘अवुधावी डाइलग’मा पनि नेपाल सक्रिय सहभागी छ । यी मुलुकबाट वर्षेनी २५ लाखको हाराहारीमा रोजगारीका लागि विदेशिने गरेका छन् । 

संयुक्त राष्ट्र सङ्घको सन् २०१६ को महासभाले आप्रवास र शरणार्थीको सम्बन्धमा अन्तर्राष्ट्रिय साझेदारीको खाका तयार गर्ने प्रतिबद्धता पारित गरेको थियो । राष्ट्रसङ्घको सन् २०१८ मा हुने ७३औँ महासभामा अन्तर्राष्ट्रिय साझेदारीको सो खाकालाई पारित गर्ने लक्ष्य राखिएको छ । 

सोही अनुसार विश्वभरका मुलुक र क्षेत्रीय संगठनले आ–आफ्नो अनुकूलताको अवधारणापत्र तयार पारी राष्ट्र सङ्घमा छलफलका लागि पठाउँदैछन् । एशियाका १२ राष्ट्र सम्मिलित कोलम्बो प्रोसेसले पनि विशेषत श्रमिक आप्रवासमा झेल्दै आएका समस्या र समाधानमा केन्द्रित रहेर छलफल गरिरहेका छन् । 

कार्यक्रममा श्रम तथा रोजगार राज्यमन्त्री चौधरीले बैठकमा सहभागी १२ राष्ट्रको आप्रवासको समान समस्या रहेको र समाधानका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । कामदार पठाउने यी मुलुकबीच सहकार्य हुन सकेमा गन्तव्य मुलुकसँग सामूहिक सौदाबाजी गर्नसमेत सहज हुने उहाँको भनाइ छ । अवैधानिक आप्रवास, कामदारको मानवअधिकारलगायतका विषयमा प्रोसेसमा आबद्ध राष्ट्रले गम्भीर छलफल गर्न आवश्यक रहेकामा उहाँले जोड दिनुभयो । 

मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले आफ्ना मुद्दालाई बलियो रुपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने गरी दस्तावेज तयार पार्न बैठकको आयोजना गरिएको बताउनुभयो । 

परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौडेलले विश्वभर २४ करोड आप्रवासी रहेको तथ्याङ्क प्रस्तुत गर्दै वैदेशिक रोजगारको राम्रो पक्षलाई बढावा दिने र नकारात्मक पक्षलाई घटाउने विषयमा बैठकले निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो । 

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दीपक धितालले आप्रवासी कामदारले पठाएको विप्रेषणले पु¥याएको आर्थिक, सामाजिक योगदानअनुरुप उनीहरुको हकअधिकारको विषयमा पनि संवेदनशील हुनुपर्ने बताउनुभयो । 

नेपालका लागि स्विजरल्याण्डका राजदूत जर्ग फ्राइडेनले कामदारको कानुनी भर्ती प्रक्रिया, सुरक्षा, दक्षता वृद्धि, काम गर्ने वातावरणको निर्माण, स्वतन्त्रतापूर्वक हिँड्डुल गर्ने अधिकारजस्ता विषयमा सदस्य राष्ट्रले बैठकबाट समान धारणा तय गर्ने आशा व्यक्त गर्नुभयो । किरण भट्टराई/रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान