भदौ २९, काठमाडौं | बैदेशिक रोजगारीको ठगि आजको समस्या होइन,  दशक अघिदेखि निरन्तर हुँदै आएको छ । आज भन्दा ९ बर्ष अघि २०६५ बैशाख २५ गते ४ जना नेपालीसँग ६/६ लाख लिएर थ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौं | बैदेशिक रोजगारीको ठगि आजको समस्या होइन,  दशक अघिदेखि निरन्तर हुँदै आएको छ । आज भन्दा ९ बर्ष अघि २०६५ बैशाख २५ गते ४ जना नेपालीसँग ६/६ लाख लिएर थ"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युक्रेन पठाउन भन्दै ४ जनालाई थाइल्यान्डमा अलपत्र पार्ने ६८ वर्षीय बृद्ध पक्राउ

२९ भाद्र २०७४, बिहीबार १५:५३

भदौ २९, काठमाडौं | बैदेशिक रोजगारीको ठगि आजको समस्या होइन,  दशक अघिदेखि निरन्तर हुँदै आएको छ । आज भन्दा ९ बर्ष अघि २०६५ बैशाख २५ गते ४ जना नेपालीसँग ६/६ लाख लिएर थाइल्यान्डमा अलपत्र पार्ने ६८ वर्षीय बृद्ध पक्राउ परेका छन्  । 

उनि वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी हुन् । काठमाडौं महानगरपालिका–१ नक्शाल बस्ने ६८ वर्षीय प्रेममान डंगोललाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सुन्धाराबाट बुधबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगार न्यायाधिकरणको २०६७ असार ६ गतेको फैसलाले वैदेशिक रोजगार ठगीका २ वटा मुद्दामा डंगोललाई ४ बर्ष ६ महिना कैद र ४ लाख ५० हजार रुपैयाँ जरिवाना हुने ठहर भएकोमा हालसम्म फरार रहेका थिए ।

प्रतिवादी डंगोल समेतले सिन्धुलीको कमलामाई नगरपालिका बस्ने राजकुमार घिसिङ समेत ४ जनालाई वैदेशिक रोजगारीको लागि युक्रेन पठाइदिन्छु भनी २०६५ बैशाख २५ गते जनही ६ लाख रुपैया लिई थाईल्याण्डसम्म पुर्याई अलपत्र छोडी वैदेशिक रोजगार ऐन २०६४ को विपरित कसूर गरेका थिए ।

डंगोललाई फैसला कार्यान्वयनको लागि बिहीबार ब्यूरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह