२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३७ कामदारको उजुरीपछि बन्द भयो म्यानपावर ! यस्तो छ कारण

२०७४, ३१ भाद्र शनिबार १८:४५

असोज १, काठमाडौं । ३७ जना कामदारले बढी रकम लिएको उजुरी दिएपछि जव्स लिंक इन्टरनेशनल प्रालि १० दिनदेखि बन्द भएको छ ।

आफूहरुलाई वैदेशिक रोजगारीमा पठाउँदा म्यानपवारले एक लाख २० हजारका दरले रकम लिएको भन्दै पीडितले श्रम तथा रोजगार मन्त्रालयमा उजुरी गरेपछि विभागले म्यानपावरको कारोबार बन्द गराएको हो ।

मन्त्रालयले वैदेशिक रोजगार विभागलाई तत्काल कारबाही गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन पछि जव्स लिंक इन्टरनेशनल प्रालिको कारोबार बन्द गरिएको छ । वैदेशिक रोजगार विभागका निर्देशक मोहन अधिकारीका अनुसार अहिले म्यानपावर कम्पनीमाथि छानविन भैहरहेको छ ।

उजुरी पर्नासाथ विभागले १० दिन पहिले यो म्यानपवारमा छापा मारेर कागजात समेत नियन्त्रणमा लिएको छ । उजुरी गर्ने पीडितका र आफन्त सम्पर्कमा नआउँदा छानविन गर्न समस्या भएको विभागले जनाएको छ । निर्देशक अधिकारीले पीडितका आफन्त लामो समयसम्म सम्पर्कमा नआउँदा पीडितमाथि समेत संका गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

यदि पीडित भएकै हो भने हाम्रो सम्पर्कमा पनि आउनु पर्‍यो नि’ अधिकारीले भन्नुभयो, ‘म्यानपवार बन्द छ के हो सत्य तथ्य पत्ता लगाउँछौं तर गलत मनसायले उजुरी गरिएको हो भने त्यसको पछि लाग्दैनौं ।’

म्यानपावर सञ्चालक बालकुमार बुढाथोकीले आफ्नो म्यानपावर कम्पनीबाट गएका कोहि पनि कामदारले गुनासो नगरेको बताउँदै एकसाथ मन्त्रालयमा उजुरी परेपछि थाहा पाएको बताउनुभयो । सञ्चालक बुढाथोकीले भन्नुभयो ‘छानविन हुँदैछ, सत्य पत्ता लाग्ला तर उजुरी गलत छ भन्ने मेरो बुझाई हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण