२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसपाली पनि दशै परदेशमै, परदेशमा दिन विताउने (परदेशीको कथा)

२०७४, १२ आश्विन बिहीबार ०५:५८

चिसाङ शेर्पा |  असोज १२, खोटाङ | वडादशैको सातौ दिन आज घर–घरमा फुलपाती भित्रिएसंगै विजयादशमीको रौनक वढ्न थालेको छ । मानिसहरु टाढा–टाढावाट दशै मनाउँन घर आएका छन् । फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउँने भएकाले सवैको जमघट घरगाउँमा बढ्न थालेको छ । उता, अन्य समयमा सामान्य लागे पनि परदेशमा रहनेहरुका लागि भने दशै, तिहारजस्ता चाडपर्वले पिडा थप्ने गरेको छ ।

वर्षदिनमा एकपटक आउँने दशै तिहार पर्व मनाउँन यतिवेला शहर वजार तथा परदेशवाट घर गाउँ आउनेको लहर चलिहंरदा परदेशमा रहेकाहरुको मनमा भने घर परिवार, साथीसङगीहरुको सम्झनाले पिरोल्न थालेको छ । 

१२ वर्षसम्म परिवारसंग दशै मनाउँन नपाएको रुपाकोट मझुवागढी नगरपालिका नुनथला १३ का राज वहादुर तामाङको यसपाली दशैको टिकाको दिनमा पनी ड्यटी रहेको बताए । मलेशियाको साहआलम वेस्टरी गार्ड फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत तामाङको कम्पनीमा छुट्टि नमिल्ने र मिले पनि एक्लै कोठामा वस्नुपर्ने हुंदा परिवारको यादले झन पिरोल्ने सुनाए ।

जालपाका प्रेम पाख्रिनले १० वर्षयता परिवारसंग दशै मनाउन पाएका छैनन् । युनाईटेड ईलेक्ट्रिोनिक्स कम्पनी एक्स्ट्रा साउदीमा कार्यरत तामाङलाई कम्पनीले एकदिन पनि विदा नदिएको बताए । ईगल आई सेक्युरिटी कम्पनी वातुटिका मलक्का मलेशियामा कार्यरत सुन्तले ३ राछालुङका डम्बर पुर्वछाने मगरले दशै नमनाएको ३ वर्ष पुरा भएको छ । यसपाली दशैमा पनि कम्पनीवाट छुट्टि नदिंदा नरमाईलो लागेको बताए । टिकाको दिनमा पनि काम मै व्यस्त हुने जानकारी दिनुभयो ।

लामीडाडाँ गाउपालिका ६ का विनोद कुमार विशंखेको पनि पिडा उस्तै छ । कतारमा कार्यरत उनले ४ वर्षसम्म दशै फेसवुकमा मात्रै मनाएको बताए । उनले भने, ‘कम्पनीले विदा दिदैंन, दशैको फोटो फेसवुकमा हेर्छु चित्त वुझाउँछु ।

एचएल म्यानुफ्याक्टरिङ कम्पनी मलेशियामा कार्यरत खोटाङ बराहापोखरी गाउँपालिका ५ वुयाटारका कृष्ण बहादुर खड्कालाई दशै तिहार आउनुभन्दा नआएको राम्रो हुने वताउँछन् । ‘एक दिनका लागि बिदा माग्दा पाईएन, हामी नेपालीहरु कोहि पनि काममा आउँदैनौ भन्दा, जो आउँदैन उसको त्यो दिनको एक सय आरएम तलब काटिने र १५ दिन ओभरटायम नदिने धम्कि पाईयो उनले सुनाए ।’

खड्काले भने ‘ चार वर्ष वित्यो दशै नमनाएको, छुट्टि लिएर फोनबाट भएपनि परिवारसँग नजिकिएर आशिष पाउने आस मरेको छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा