२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारीको लागि जोर्डनसँग श्रम सम्झौता हुँदै, न्युनतम तलब र सेवा/सुबिधा के-के ?

२०७४, २२ आश्विन आईतवार १८:२१

असोज २३, काठमाडौं । नेपालले कतार पछी दोश्रो श्रम गन्तब्य मुलुक को रुपमा जोर्डनसँग द्विपक्षीय श्रम सम्झौताको अन्तिम तयारी गरेको छ । 

जोर्डनसँग सम्झौता भए १२ वर्षपछि नेपालले कुनै मुलुकसँग गरेको दोस्रो श्रम सम्झौता हुनेछ । यसअघि सन् २००५ मा पहिलोपटक नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । वर्षमा चारदेखि पाँच लाख कामदार विदेश पठाइरहेको नेपालले अन्य मुलुकसँग सम्झौता गर्न सकेको छैन ।

श्रम सम्झौताको लागि मुख्य मानिएको तलब बारे भने नेपाल सरकारले कुनै उल्लेख गरेको छैन । तर तलब तथा नेपाली कामदारलाई दिने सेवा सुबिधा तथा तलब सम्बन्धि मस्यौदा जोर्डन सरकारले तोके बमोजिम हुने बताइएको छ । 

नेपाली कामदारहरुको लागि जोर्डनका कम्पनीहरुले निकै न्यून तलब तोक्ने गरेका छन् । यसै कारण पनि जोर्डनलाई कम तलब दिने मुलुकको रुपमा चिन्ने गरिन्छ । श्रम सम्झौतामा न्युनतम तलब नतोक्दा नेपाली कामदारहरु ठगिने सम्भावना हुन्छ । यसै कारण पनि जोर्डनसंगको श्रम सम्झौता प्रभावकारी नहुने बताइएको छ । 

नेपालले असोज अन्तिम साता जोर्डनसँग श्रम सम्झौताको तयारी गरेको छ । महिला कामदारको मुख्य गन्तव्य मानिने जोर्डनमा बिशेष गरि गार्मेन्ट उद्योगमा नेपाली कामदारको माग धेरै छ । श्रम सम्झौतापछि त्यहाँ घरेलु महिला कामदार पनि जान पाउनेछन् ।

जोर्डनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग बसेर काम गरिरहेकोले पनि नेपाली कामदारहरुको लागि राम्रो हुने सरकारको विश्लेषण छ । 

तलब बारे नेपाल लचिलो बनेपनि जोर्डन सरकारको नीति बमोजिम तलब तथा सेवा सुबिधा तोकिने हुनाले समस्या नहुने नेपाल पक्षका अधिकारीहरुको बुझाई छ । त्यस्तै श्रम सम्झौता पछी नेपालबात जोर्डन जाने कामदारहरुलाई फ्री भिसा–टिकट र २४ घण्टे बीमा सुबिधा पनि उपलब्ध गराईने छ । त्यस्तै, करार अवधिभर कामदारलाई २४ घण्टे स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा उपलब्ध गराउन पनि जोर्डन सहमत भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने