कात्तिक २३, कास्की | बैदेशिक रोजगारीको लागि कास्कीका धन बहादुर गुरुङले २०७१ साल फागुनमा काठमाडौंको फ्लोरिडा म्यानपावरमा पासपोर्ट बुझाए । पासपोर्ट दिए पनि उनले म्यानप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २३, कास्की | बैदेशिक रोजगारीको लागि कास्कीका धन बहादुर गुरुङले २०७१ साल फागुनमा काठमाडौंको फ्लोरिडा म्यानपावरमा पासपोर्ट बुझाए । पासपोर्ट दिए पनि उनले म्यानप"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले पासपोर्ट हरायो भन्दै २ बर्षसम्म झुलाएपछी…

२३ कार्तिक २०७४, बिहीबार १३:३९

कात्तिक २३, कास्की | बैदेशिक रोजगारीको लागि कास्कीका धन बहादुर गुरुङले २०७१ साल फागुनमा काठमाडौंको फ्लोरिडा म्यानपावरमा पासपोर्ट बुझाए । पासपोर्ट दिए पनि उनले म्यानपावरलाई पैसा चाहिँ दिएका थिएनन् । तर पासपोर्ट बुझाएको २ बर्ष हुँदा पनि विदेश पठाएन ।

गुरुङले फ्लोरिडा म्यानपावरसँग धेरै पटक पासपोर्ट फिर्ता दिन आग्रह गरे तर म्यानपावरका कर्मचारीले पासपोर्ट हराएको भन्दै खोजिदिन्छु मात्रै भनेर टारिरहे । हराएको पासपोर्ट म्यानपावरले खोजिदेला भन्ने आशामा उनि घरमै बसे तर पछी-पछी त पासपोर्टबारे जानकारी लिन खोज्दा म्यानपावरले फोन उठाउन समेत छोडेपछी उनले आजित भएर फेरि पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय पुगें । कार्यालय पुगेपछि गुरुङलाई प्रशासन फाँटका कर्मचारीले सूचना केन्द्रमा पठाइदिए । तब उनले आफ्नो पासपोर्ट हराएको बिषयमा सबै खुरा सुचनाकेन्द्रमा जानकारी गराए । सुचना केन्द्र आफैले म्यानपावरसँग गुरुङको पासपोर्टको स्थिति बारे म्यानपावरलाई ताकेता गरेपछि बाध्य भएर म्यानपावरले गुरुङलाई पासपोर्ट बनाउने खर्च दिन बाध्य भयो । त्यसपछि गुरुङले नयाँ पासपोर्ट पाए । 

यसरी गुरुङको जस्तै समस्या भोग्ने धेरै सर्वसाधारण छन्  । विदेश जान पाउने आशामा म्यानपावरकै भरमा पासपोर्ट छाड्दा कतिपयको पासपोर्ट हराउने, कतिपयको पासपोर्ट दिदै नदीई झुलाउने अनि कतिपयले एउटाको नामको पासपोर्टलाई दुरुपयोग गरि अर्कै व्यक्तिलाई समेत बिभिन्न देशमा पठाउने गरेको पाइन्छ । पछिल्लो समय सर्वसाधारणमा आएको चेतनाले यस्ता समस्यामा केही हदसम्म कमी आएपनि म्यानपावरले बिभिन्न नाममा सर्वसाधारणको पासपोर्ट होल्ड गरेर राखिदिने गर्छन । यस्ता समस्याबारे सर्वसाधारणले कुनैपनि नियमन निकाय वा संचार माध्यमहरुको सहयोग लिन सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट