कात्तिक २३, कास्की | बैदेशिक रोजगारीको लागि कास्कीका धन बहादुर गुरुङले २०७१ साल फागुनमा काठमाडौंको फ्लोरिडा म्यानपावरमा पासपोर्ट बुझाए । पासपोर्ट दिए पनि उनले म्यानप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २३, कास्की | बैदेशिक रोजगारीको लागि कास्कीका धन बहादुर गुरुङले २०७१ साल फागुनमा काठमाडौंको फ्लोरिडा म्यानपावरमा पासपोर्ट बुझाए । पासपोर्ट दिए पनि उनले म्यानप"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरले पासपोर्ट हरायो भन्दै २ बर्षसम्म झुलाएपछी…

२०७४, २३ कार्तिक बिहीबार १३:३९

कात्तिक २३, कास्की | बैदेशिक रोजगारीको लागि कास्कीका धन बहादुर गुरुङले २०७१ साल फागुनमा काठमाडौंको फ्लोरिडा म्यानपावरमा पासपोर्ट बुझाए । पासपोर्ट दिए पनि उनले म्यानपावरलाई पैसा चाहिँ दिएका थिएनन् । तर पासपोर्ट बुझाएको २ बर्ष हुँदा पनि विदेश पठाएन ।

गुरुङले फ्लोरिडा म्यानपावरसँग धेरै पटक पासपोर्ट फिर्ता दिन आग्रह गरे तर म्यानपावरका कर्मचारीले पासपोर्ट हराएको भन्दै खोजिदिन्छु मात्रै भनेर टारिरहे । हराएको पासपोर्ट म्यानपावरले खोजिदेला भन्ने आशामा उनि घरमै बसे तर पछी-पछी त पासपोर्टबारे जानकारी लिन खोज्दा म्यानपावरले फोन उठाउन समेत छोडेपछी उनले आजित भएर फेरि पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय पुगें । कार्यालय पुगेपछि गुरुङलाई प्रशासन फाँटका कर्मचारीले सूचना केन्द्रमा पठाइदिए । तब उनले आफ्नो पासपोर्ट हराएको बिषयमा सबै खुरा सुचनाकेन्द्रमा जानकारी गराए । सुचना केन्द्र आफैले म्यानपावरसँग गुरुङको पासपोर्टको स्थिति बारे म्यानपावरलाई ताकेता गरेपछि बाध्य भएर म्यानपावरले गुरुङलाई पासपोर्ट बनाउने खर्च दिन बाध्य भयो । त्यसपछि गुरुङले नयाँ पासपोर्ट पाए । 

यसरी गुरुङको जस्तै समस्या भोग्ने धेरै सर्वसाधारण छन्  । विदेश जान पाउने आशामा म्यानपावरकै भरमा पासपोर्ट छाड्दा कतिपयको पासपोर्ट हराउने, कतिपयको पासपोर्ट दिदै नदीई झुलाउने अनि कतिपयले एउटाको नामको पासपोर्टलाई दुरुपयोग गरि अर्कै व्यक्तिलाई समेत बिभिन्न देशमा पठाउने गरेको पाइन्छ । पछिल्लो समय सर्वसाधारणमा आएको चेतनाले यस्ता समस्यामा केही हदसम्म कमी आएपनि म्यानपावरले बिभिन्न नाममा सर्वसाधारणको पासपोर्ट होल्ड गरेर राखिदिने गर्छन । यस्ता समस्याबारे सर्वसाधारणले कुनैपनि नियमन निकाय वा संचार माध्यमहरुको सहयोग लिन सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते