२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छ महिनामा एक लाख ८६ हजार नेपाली विदेशिए

२०७४, १६ माघ मंगलवार ०८:०५

माघ १६, काठमाडौं । चालू आर्थिक वर्षको छ महिनामा एक लाख ८६ हजार ८२ नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आवको ६ महिनामा उक्त संख्याका नेपालीहरू वैदेशिक रोजगारीमा गएका हुन् । गत आवको पहिलो ६ महिनामा एक लाख ८९ हजार चार सय ३३ जना विदेशबाट वैदेशिक रोजगारीमा गएका थिए । गत वर्षको तुलनामा करिब चार हजारले कमी आएको पाइएको छ ।


चालू आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा बिदेसिने कामदार संख्या करिब दुई प्रतिशत कम देखिएको छ । बिदेसिने महिला कामदारको संख्या भने बढीरहेको देखिन्छ ।

यस वर्ष सबैभन्दा धेरै भदौमा ३३ हजार आठ सय ७८ कामदार बिदेसिएका थिए भने असोजमा सबैभन्दा कम २७ हजार पाँच सय ३५ जना बाहिरिए ।

साउनमा ३१ हजार तीन सय नौ जना वैदेशिक रोजगारीमा गएका थिए भने कात्तिकमा ३१ हजार सात सय ९६, मंसिरमा ३० हजार आठ सय ६३ र पुसमा ३० हजार ६ सय ६१ जना कामदार विदेश गएका छन् ।गत आवमा विदेश जाने युवाको संख्यामा पा“च प्रतिशतले कमि आएको थियो । गत वर्ष तीन लाख ९८ हजार युवाले कामका लागि देश छाडेका थिए ।

विभागको तथ्यांकअनुसार पछिल्लो समयमा साउदीअरब नेपाली कामदारको रोजाइमा पर्न छाडेको छ । चालू आवको पहिलो ६ महिनामा २३ हजार चार सय ८९ जना कामदार साउदी पुगेका छन् । 

गत वर्ष साउदीमा ७८ हजार युवा पुगेका थिए ।दुई वर्षअघि मलेसियामा आर्थिक मन्दी छाउ“दा साउदी अरेबिया नेपाली कामदारको पहिलो गन्तव्य बनेको थियो । 

साउदी र कतारमा समस्या देखिएपछि नेपाली कामदारले मलेसिया नै अरुभन्दा उपयुक्त हुने मान्ने गरेको बताइएको छ ।पहिलो ६ महिनाको तथ्यांकअनुसार सबैभन्दा धेरै नेपाली कामदार मलेसिया पुगेका छन् । 

पुससम्म ५९ हजार कामदारले वैदेशिक रोजगार विभागबाट मलेसिया जाने श्रम स्वीकृति लिएका छन् । अन्य खाडी मुलुकले नाकाबन्दी लगाउँदा पनि कतार जाने नेपालीको संख्या उत्साहजनक नै रहेको पाइएको छ । पुससम्म ४८ हजार नौ सय ५७ कामदार त्यहाँ पुगेका छन् ।

यो अवधिमा ३१ हजार ६ सय ५८ कामदार संयुक्त अरब इमिरेट्स (यूएई) गएका छन् । पा“चौं मुख्य श्रम गन्तव्य कुवेतमा सात हजार सात सय ५१ जना गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना