२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार व्यवसायीलाई शाखा र एजेन्ट अध्यावधी गर्न विभागको आग्रह

२०७४, २८ चैत्र बुधबार ०७:०३

 चैत २८,काठमाडौं ।वैदेशिक रोजगार विभागले शाखा कार्यालय तथा एजेन्टहरुलाई सात दिनभित्र अध्यावधि गर्न वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गरेको छ ।  विभागले एक सूचना जारी गर्दै शाखा कार्यालय तथा एजेन्टहरुको विवरण अध्यावधि गर्न भनेको छ ।  आइतवारदेखि शुरु भएको म्याद आगामी शनिबारसम्म मात्र रहने छ  ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आह्वानमा वैदेशिक रोजगार व्यवसायीहरुले धेरै अगाडि नै एजेन्ट खारेज गर्ने निर्णय गरेपनि वैदेशिक रोजगार ऐन–२०६४ र वैदेशिक रोजगार नियमावलीमा एजेन्टको व्यवस्था अहिलेपनि कायमै छ ।

विभागले केहि दिन अगाडी पूर्वका झापा, मोरङ र सुनसरीमा शाखा कार्यालय तथा एजेन्टका कार्यालयहरुको स्थलगत अनुगमन गरेको थियो । अनुगमन क्रममा  बिना अनुमति म्यानपावर कम्पनीले सयौं अवैधानिक शाखा कार्यालय र एजेन्ट कार्यालय खोलेर काम गरेको विभागले तयार पारेको आन्तरिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

सोही अध्ययनपछि विभागले एजेन्ट तथा शाखा कार्यालय अध्यावधि गर्न सूचना निकालेको हो । देशैभर म्यानपावरका त्यस्ता अवैध शाखा र एजेन्ट कार्यालय खोलिएपनि पूर्वमा भने त्यो सङ्ख्या अत्याधिक रहेको पाइएको विभाग श्रोतको भनाइ छ छ । पूर्वी नेपालसँगै पोखरा, बुटवल, चितवन, नेपालगञ्जलगायत देशका विभिन्न भागमा अनुमति नै नलिई मेनपावरका अवैध शाखा कार्यालय ठूलो संख्यामा रहेको गुनासो आउने गरेको विभागका महानिर्देशक भुवन आचर्यको भनाइ छ ।

वैदेशिक रोजगार ऐन–२०६४ को दफा ४१ मा अनुमति विना शाखा कार्यालय खोलेमा विभागले प्रत्येक शाखाका लागि त्यस्तो अनुमति प्राप्त व्यक्ति/संस्थालाई दुई लाखका दरले जरिवाना गरी उक्त कार्यालय बन्द गर्न आदेश दिने उल्लेख छ । तर त्यसको कार्यान्वयनमा वैदेशिक रोजगार विभागले आवश्यक कदम चाल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना