२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोहाका गल्ली-गल्लीमा आजाद भिसा नेपालीहरु पीडित, के हो आजाद भिषा ?

११ जेष्ठ २०७५, शुक्रबार ०२:२७

जेठ ११, काठमाडौं | ‘आजाद भिसा’ का नाममा उडेका झन्डै दुई सयभन्दा बढी नेपाली कामदार कतारको टोइटा सिग्नल, हिलाल, मुग्लिना, नेसनल, मुर्रा, बक्रा, मदिना खलिफालगायत स्थानमा अलपत्र परेका छन् । 

कानुनले ‘आजाद भिसा’ लाई चिन्दैन । कामदारलाई झुक्याउन दलाल आफैंले राखिदिएको नाम हो, आजाद भिसा । वैदेशिक रोजगारमा जाँदै नगएकालाई यो नामले लोभ्याउने गरेको छ । दलालले ‘रोजगार भिसा’ लाई नै ‘आजाद भिसा’ को नाम दिएर ठगिरहेका छन् । यसका लागि नेपालका म्यानपावर र कतारमा खुलेका कम्पनी मिलेर कारोबार गरिरहेका छन् । 

कतारमा कम्पनीसँग मिलेर पुरुषोत्तम श्रेष्ठले इन्द्रदेवसहित २० जना कामदारको भिसा निकालिदिए । त्यसलाई वैदेशिक रोजगार कार्यालयबाट श्रमस्वीकृति निकालिदिने काम रेडियन्ट म्यानपावरले गर्‍यो । म्यानपावर भन्छ, ‘हामीले श्रमस्वीकृति मात्रै निकाल्ने हो । काम खोज्ने, राख्ने जिम्मेवारी श्रेष्ठको हो ।’

कतार श्रमकानुनअनुसार त्यहाँ पुगेको तीन महिनाभित्र आवासीय भिसा लगाइसक्नुपर्छ । जुन कम्पनीको भिसामा कतार पुगेको छ, त्यही कम्पनीले आवासीय भिसा नलगाइदिई अर्को कम्पनीमा काम गर्ने अधिकार (रिलिज) दिने कानुनी प्रावधान छ । दलालहरूले यही बाटो समातेर धेरै पैसा कमाउने जागिर लगाइदिने भन्दै सोझा नेपालीलाई ठगिरहेका छन् ।

- आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान