२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोजगारदाता भन्छन्: मागपत्र प्रमाणीकरण प्रक्रिया सुधार नगरे नेपाली कामदारको विकल्प खोज्छौं

२०७५, १५ जेष्ठ मंगलवार १४:१०

मनोज पराजुली, जेठ १५,काठमाडौँ । बैदेशिक रोजगारीको लागि व्यवस्थित गर्न सरकारले म्यानपावर कम्पनीमा आउने डिमाण्ड अनिवार्य रुपमा विदेशमा रहेको नेपाली दुतावासबाट प्रमाणीकरण गर्ने व्यवस्था गरेपछि त्यसमा प्रक्रियागत झन्झट देखिन थालेका छन् । विदेशमा रहेका कम्पनीहरुले नेपाली कामदार मगाउँदा हरेक क्याटेगोरी अनुरुप कामदार करार गराउनुपर्ने साथै सोहि अनुरुप प्रतेक करारको प्रतिपाना १ सय ५० दिराम तिरेर युएइको नेपाली दुतावासबाट छाप लगाउनुपर्ने बाध्यकारी व्यवस्था ठिक नभएको रोजगारदाताहरुले बताएका छन् । 

रोजगारदाता कम्पनीले मागपत्र प्रमाणीकरण क्रममा आफ्नो कम्पनीमा यस अघि कार्यरत नेपाली कामदारहरुको तीन महिनाको तलब विवरण उपलब्ध गराउनु पर्ने बाध्यकारी व्यवस्था बैदेशिक रोजगार सम्बन्धि मागपत्र निर्देशिकाले गरेको छ । थोरै संख्या भएका कामदारहरुको तीन महिनाको तलब विवरण दिन सहज हुने भएपनि धेरै संख्यामा कामदार भएमा सबै विवरण उपलब्ध गराउन असहज हुने अवस्था आएको रोजगारदाताहरुको भनाई छ । उनीहरुले दुतावासमा यस्तै प्रक्रिया कायम रहेमा भारत लगायतका देशबाट कामदार लैजाने बताउन थालेका छन् ।

तर दुतावासको यस्तो कार्यबारे कुनै औपचारिक जानकारी नआएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता कृष्ण ज्ञवालीले बताए । प्रक्रिकाया गुनासो आएपछि परराष्ट्र मन्त्रलायसंग समन्वय गरि सहजीकरण गर्छौं उनले भने “शुल्क तोक्ने अधिकार परराष्ट्र मन्त्रालय माताहत नियोगलाई छ र मागपत्र ठिक बेठिक हेरेर पठाउने काम दुतावासको हो।’’

नेपाली दुतावासमा झन्झटिलो प्रावधानका कारण समस्या भएको भन्दै अहिले रोजगारदाता कम्पनीहरुले नेपालका म्यानपावर कम्पनीहरुमा जानकारी दिन थालेका छन् । दुतावास प्रमाणीकरणको नाममा हरेक दुतावासले आफुखुसी नियम बनाएर रोजगारदातालाई प्रोत्साहन गर्नुको सट्टा जसरी पनि उनीहरुलाई निरुत्साहित गर्ने काम शुरु भएको नेपाल बैदेशिक रोजगार  व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। दुतावासले सहजीकरण गर्नुपर्ने ठाउँमा रोजगारदातालाई समस्या थपिएको रोजगार दाताहरुले बताउन थालेका छन् गुरुङले भने “रोजगारदातासंग धेरै कागजात माग्ने र छाप लगाएर जसरी पनि पैसा कमाउने कार्यमा नेपाली दुतावासहरु लागेका छन् ।‘’  

कामको प्रक्रिया सरलीकृत होस् र कामदार सुरक्षित होस् भन्ने पक्षमा रहंदा रहँदै पनि सरकारले व्यवसायी संघसंग छलफल नगरी एकतर्फी प्रक्रिया लागू गरेकोमा उनले गुनासो गरे । साथै उनले हरेक विदेशी कम्पनीको अनलाइन रजिस्टर गरि सोहि अनुरुप कम्पनीको अनुगमन गरेर नेपाली कामदारको अवस्था अध्ययन गरि अनलाइनबाट नै सेवा दिने व्यवस्था गर्नतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।  हरेक डिमाण्डको लागि पटक पटक फाइल बोकेर एम्बेसी जाने प्रक्रियाले रोजगारदाता कम्पनीलाई थप झन्झट हुने उनले बत्ताए । 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट आएपछि उनले नक्कली मागपत्र (डिमान्ड लेटर) बनाउने र त्यसबाट कामदार ठगिने क्रमको अन्त्य गर्न सहयोग पुर्याउने भन्दै बैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ ल्याएका थिए जुन गत बैशाख २४ नेपाल सरकार मन्त्रीपरिषद्बाट पारित भई  बैशाख ३१ नेपाल राजपत्रमा प्रकाशित गरि लागू भएको थियो।  








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना