२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा मृत्युदण्ड सुनाईएका अनिललाई निर्दोष सावित गर्न कानुनी प्रतिरक्षा सुरु

२२ जेष्ठ २०७५, मंगलवार १०:०७

जेठ २२,काठमाडौं । कतारी नागरिकको हत्या गरेको अभियोगमा एक नेपालीलाई मृत्युदण्डको फैसला सुनाईएको थियो | 

त्यहाँको अदालतद्वारा मृत्युदण्डको फैसला सुनाइएका महोत्तरीको औरही १ का अनिल चौधरीलाई निर्दोष सावित गराउन कानुनी प्रतिरक्षा सुरु भएको छ। कतारमा रहेको नेपाली दुतावासले अनिल निर्दोष रहेको जिकिर गर्दै त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

कतारको अपराधसम्बन्धी तल्लो अदालतले अनिलले कतारी नागरिक उमैर मोहम्मद उमैर अल रामजानी अल नायुमीको हत्या गरेको पुष्टि गर्दै मृत्युदण्डको फैसला सुनाएपछि त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरिएको दुतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयले अनिलको पक्षबाट मुद्दा लड्न आवश्यक पर्ने रकम तत्काल कतार पठाउन वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र श्रम मन्त्रालयलाई आग्रह गरेको छ । मुद्दा लड्नका लागि ३० हजार कतारी रियाल झण्डै ९ लाख नेपाली रुपैयाँ लाग्ने अनुमान छ ।

अनिललाई हत्या अभियोगमा गएको अप्रिल महिनाको पहिलो हप्ता पक्राउ गरी त्यहाँको केन्द्रीय कारागारमा राखिएको छ । चौधरी कतारको एक कार कम्पनीमा साधारण मजदुरका रुपमा काम गरिरहेका बेला कतारी नागरिकको हत्या गरेको अभियोग लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान