२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा

२०७५, १६ असार शनिबार ११:५४

असार १६, लहान | सिरहाबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएका छन् । 

जिल्लामा सुरक्षित आप्रवासनसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएका जिल्ला समन्वय समिति÷सूचना तथा परामर्श केन्द्रले आज सिरहामा आयोजना गरेको पत्रकार सम्मेलनमा विगत सात वर्षको अवधिमा यहाँबाट एक लाखभन्दा बढी युवा वैदेशिक रोजगारमा गएको जनाएको छ । 

आव ०६७÷०६८ देखि हालसम्म यो जिल्लाबाट एक लाख आठ हजार ७१९ युवा वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये एक लाख आठ हजार ५१६ पुरुष र २०३ महिला रहेको सामी परियोजनाका जिल्ला संयोजक कविरकुमार चौधरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आव ०६७÷०६८ देखि ०७४÷०७५ को वैशाखसम्ममा यो जिल्लाबाट वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी ४० हजार ३८७ जना कतार, ३० हजार ६५८ जना साउदी र २५ हजार ५६८ जना मलेसिया रहेका छन् । 

सामी परियोजनाअन्तर्गत सञ्चालित सूचना परामर्श केन्द्रबाट तीन वर्षको अवधिमा वैदेशिक रोजगारीका लागि जिल्लाबाट ६५ जनाले निःशुल्क सीप सिकेर तथा १२ हजार ५६९ जनाले निःशुल्क सूचना तथा परामर्श लिएर वैदेशिक रोजगारमा गएको संयोजक चौधरीले बताउनुभयो । 

यस्तै वैदेशिक रोजगारको क्रममा मृत्यु भएका ३३ जनाको शव जिल्लासम्म ल्याउन सकिएको र तीमध्ये चालू आर्थिक वर्षमा २१ जनाको परिवारलाई रु दुई करोड ५६ लाख १० हजार १९३ क्षतिपूर्ति उपलब्ध गराउन सफल भएको उहाँले जानकारी दिनुभयो । 

सिरहाबाट वैदेशिक रोजगारीमा जानेमध्ये करीब पाँच प्रतिशत मात्र दक्ष भएर जाने गरेकाले वैदेशिक रोजगार चुनौतीपूर्ण बनेको परियोजनाको ठहर छ । 

सो अवसरमा जिल्ला समन्वय समिति सिरहाका संयोजक रामचन्द्र ठाकुरले स्वदेशमै कुनै सीप अथवा जानकारी लिएर वैदेशिक रोजगारीमा गएमा युवाले दुःख नपाउने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै