४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कतारमा फाँसीको सजाए सुनाइएका अनिलको मुद्दामा बहस भएन

२० भाद्र २०७५, बुधबार ०९:१४

भदौ २०, औरही । कतारी नागरिकलाई हत्या गरेको आरोपमा फाँसीको सजाए सुनाइएका महोत्तरी औरही नगरपालिका–१ का २३ बर्से अनिल चौधरीलाई बचाउन गरिएको पुनरावेदनमाथि बहस सुरु नभएको परिवारजनले बताएका छन् ।

२० महिनादेखि कतार जेलमा बन्द छोरालाई बचाउन पुनरावेदन गरेको तीन महिना बिते पनि मुद्दामा बहस सुरु हुन् नसकेको अनिलका बुवा श्यामकिशोर चौधरीले बताए ।

अनिल चार वर्षअघि वैदेशिक रोजगारीको लागी अनिल कतार पुगेका थिए ।  कतारी नागरिक उमेर मोहम्मद उमेर अल रामजानी अल निउमियोको हत्या आरोपमा तल्लो अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । ‘पीडित परिवारसँग माफी मागेर छोरोलाई बचाउन कतार जान राहदानी बनाएँ’, अनिलका बुवा श्यामकिशोरले भने, ‘तर, सरकारले भिसा उपलब्ध गराइदिएन ।’ उनले पीडित परिवारसँग छोरा बचाउन माफी वा ब्लड मनीको कुरा गर्न वकिललाई लिएर कतार जान राहदानी बनाएका थिए ।

काठमाडौं आउँदा जाँदा साढे तीन लाख ऋण सकिसकेको पिडित परिवारले बताएका छन्  । एक मात्र छोरो फर्काइदिन परिवारले सरकारसँग आग्रह गरेका छन् ।

छोरोलाई फाँसीको सजाय सुनाइएपछि अनिलकी आमा २० महिनादेखि शोकमा डुबेकी छन् । दिनहुँ छोरो सम्झेर उनी रुन्छिन् । घरमा सन्नाटा छाएको छ । परिवार, इष्टमित्र, गाउँ, समाज सबै चिन्तामा छन् ।

कोमल इन्टरनेसनल सर्भिस प्रालिमार्फत अनिल २०१५ अगस्ट २७ मा कतार गएका थिए । कार वास कम्पनीमा समान्य कामदारका रूपमा काम गर्दै आएका उनी कतारी नागरिक हत्या आरोपमा सन् २०१७ अप्रिलको पहिलो साता पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ