४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउदी जेलभित्रको दर्दनाक कथा : ‘मैले ट्वाइलेटको पानी पिएर बाच्नु पर्यो’ (भिडियो)

३ पुष २०७५, मंगलवार १६:२२

पुष ३, भक्तपुर | झापा बुद्धशान्ति गाउँपालिका ४ का लिम्बू काठमाडौको महाराजगन्जस्थित ‘रोभ इनटरनेसनल प्रा.ली.’बाट जेनेरल ड्राइभर कामका लागि करिब ३ वर्षअघि साउदी अरबको रियाद पुगेका थिए ।

रियाद करम अल खलिज कम्पनीमा काम गर्न गएका लिम्बूलाई कम्पनीले बिना लाइसेन्स जबर्जस्ती गाडी चलाउन लगाएको थियो। लिम्बूले चलाएको गाडी दुर्घटनामा परि स्थानीय नागरिकको मृत्यु भएपछि उनलाई अदालतले १ लाख १२ हजार रियल अर्थात नेपाली करीब ३१ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएको थियो।

कम्पनीले गाडी चलाउदै गर्नु लाइसेन्स र इन्स्योरेन्सपछि बनाउला केहि भएमा हामी जिम्मेवारी हुन्छौ भनेर जवर्जस्ती आफूलाई गाडी चलाउन लगाएको लिम्बूले बताए । एक दिन पछाडीबाट आएको गाडीले आफ्नो गुडिरहेको गाडीमा ठक्कर दिएर भएको दुर्घटनामा एक जना साउदी नागरिकको मृत्यु भएपछि आफूलाई पक्राउ गरी हिरासतमा राखेर केहि दिनअघि मात्रै स्थानीय अदालतले ब्लडमनिको फैसला सुनाएको लिम्बूको भनाई छ ।

रोजगारीका लागि विदेश गएका लिम्बुले यति  धेरै रकम कहाँबाट ल्याउनु भनेर उनी निकै आत्तिए। उनले त्यतिबेला ‘म निर्दोष छु मलाई बचाउनुस्’ भन्दै लिम्बूले आफ्नो जीवन रक्षाको लागि अपील गरेका छन्।

दुर्घटनापछि उनलाई सिधै जेल चलान गरिएको थियो। पक्राउ परेका लिम्बूलाई कम्पनी र मेनपावरले वास्ता नगरेको उनको भनाई छ।

अदालतको फैसलापछि उनलाई दुई छाक खाना खान समेत समस्या रहेको भन्दै लिम्बुको उद्दारका लागि पहल गरिदिन परिवारले सबैसँग अनुरोध गरेका थिए। उनले भने, ‘जेलमा मैले ट्वाईलेटको पानी पिउन बाध्य भए । जेलको जीवन कहालीलाग्दो हुन्छ, हिन्दु भनेर खान पनि अलगै अरुलेखाएपछि खानु पर्थ्यो त्यो पनि झुठो, खाएर छोडेको खाना।’

घटनाबारे दूतावासलाई जानकारी गराएको भएपनि अहिलेसम्म दूतावासका प्रतिनिधि अदालत र कम्पनीमा नपुगेको लिम्बुको भनाइ छ। उनले विदेश जाने कामदारलाई विना लाइसन्स गाडी नचलाउन आग्रह समेत गरे । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ