२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

साउदी जेलभित्रको दर्दनाक कथा : ‘मैले ट्वाइलेटको पानी पिएर बाच्नु पर्यो’ (भिडियो)

२०७५, ३ पुष मंगलवार १६:२२

पुष ३, भक्तपुर | झापा बुद्धशान्ति गाउँपालिका ४ का लिम्बू काठमाडौको महाराजगन्जस्थित ‘रोभ इनटरनेसनल प्रा.ली.’बाट जेनेरल ड्राइभर कामका लागि करिब ३ वर्षअघि साउदी अरबको रियाद पुगेका थिए ।

रियाद करम अल खलिज कम्पनीमा काम गर्न गएका लिम्बूलाई कम्पनीले बिना लाइसेन्स जबर्जस्ती गाडी चलाउन लगाएको थियो। लिम्बूले चलाएको गाडी दुर्घटनामा परि स्थानीय नागरिकको मृत्यु भएपछि उनलाई अदालतले १ लाख १२ हजार रियल अर्थात नेपाली करीब ३१ लाख रुपैयाँ ब्लडमनिको फैसला सुनाएको थियो।

कम्पनीले गाडी चलाउदै गर्नु लाइसेन्स र इन्स्योरेन्सपछि बनाउला केहि भएमा हामी जिम्मेवारी हुन्छौ भनेर जवर्जस्ती आफूलाई गाडी चलाउन लगाएको लिम्बूले बताए । एक दिन पछाडीबाट आएको गाडीले आफ्नो गुडिरहेको गाडीमा ठक्कर दिएर भएको दुर्घटनामा एक जना साउदी नागरिकको मृत्यु भएपछि आफूलाई पक्राउ गरी हिरासतमा राखेर केहि दिनअघि मात्रै स्थानीय अदालतले ब्लडमनिको फैसला सुनाएको लिम्बूको भनाई छ ।

रोजगारीका लागि विदेश गएका लिम्बुले यति  धेरै रकम कहाँबाट ल्याउनु भनेर उनी निकै आत्तिए। उनले त्यतिबेला ‘म निर्दोष छु मलाई बचाउनुस्’ भन्दै लिम्बूले आफ्नो जीवन रक्षाको लागि अपील गरेका छन्।

दुर्घटनापछि उनलाई सिधै जेल चलान गरिएको थियो। पक्राउ परेका लिम्बूलाई कम्पनी र मेनपावरले वास्ता नगरेको उनको भनाई छ।

अदालतको फैसलापछि उनलाई दुई छाक खाना खान समेत समस्या रहेको भन्दै लिम्बुको उद्दारका लागि पहल गरिदिन परिवारले सबैसँग अनुरोध गरेका थिए। उनले भने, ‘जेलमा मैले ट्वाईलेटको पानी पिउन बाध्य भए । जेलको जीवन कहालीलाग्दो हुन्छ, हिन्दु भनेर खान पनि अलगै अरुलेखाएपछि खानु पर्थ्यो त्यो पनि झुठो, खाएर छोडेको खाना।’

घटनाबारे दूतावासलाई जानकारी गराएको भएपनि अहिलेसम्म दूतावासका प्रतिनिधि अदालत र कम्पनीमा नपुगेको लिम्बुको भनाइ छ। उनले विदेश जाने कामदारलाई विना लाइसन्स गाडी नचलाउन आग्रह समेत गरे । 

भिडियो हेर्नुहोस् 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै