२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा रोकिएन ठगि, मंसिर महिनामा मात्रै ४ करोड ठगीको उजुरी विभागमा दर्ता

२०७५, १२ पुष बिहीबार ०९:३०

पुस १२, काठमाडौं । वैदेशिक रोजगार विभागमा मंसिर महिनामा ४ करोड भन्दा बढीको वैदेशिक रोजगार ठगीका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा परेका व्यक्तिगत ठगीका ४३ र संस्थागत तर्फका ४८ गरी परेका ९१ वटा उजुरीमा उक्त विगो रकम दावी गरिएको हो । 

व्यक्तिगत ठगीका ४३ वटा उजुरीमा २ करोड ५३ लाख ७२ हजार रुपैयाँ र  संस्थागत तर्फका ४८ वटा उजुरीमा १ करोड ५७ लाख ३१ हजार ८ सय ५७ हजार रुपैयाँ विगो दावी गरिएको विभागले जनाएको छ । संस्थागत अर्थात म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत रुपमा परेका उजुरीको संख्या कमी देखिए पनि व्यक्तिगत ठगीको उजुरी अत्यन्तै न्यून मात्रामा फरफारक हुने गरेको विभागको तथ्यांकले देखाएको छ । 

चालु आर्थिक वर्षको ५ महिनामा परेका व्यक्तिगत तर्फका ३ सय २१ उजुरी मध्ये ४२ वटा मात्र अर्थात् करिव १३ प्रतिशत उजुरी मात्र फरफारक भएका छन् । विभागले हालसम्म ५९ वटा उजुरीमा वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्धा दायर गरेको छ । त्यसमा ८ करोड १७ लाख १४ हजार बराबरको विगो दावी गरिएको छ । 


मंसिर मसान्तसम्म विभागमा व्यक्तिगत तर्फ ३ सय २१ र संस्थागततर्फ ४ सय ३४ उजुरी  गरी ७ सय ५५  उजुरी परेका छन् ।  दुबैतर्फ गरी चालु आर्थिक वर्षको ५ महिनामा ३२ करोड ६४ लाख ९१ हजार २ सय ५२ रुपैयाँ विगो दावी गरिएको छ । त्यसमध्ये व्यक्तिगत तर्फ १७ करोड ५३ लाख ७४ हजार बराबरको रकम दाबी गरिएको छ ।

यस अवधिमा व्यक्तिगत तर्फ ४२ वटा उजुरी फरफराक गर्दै ३ करोड ५५ लाख ११ हजार रुपैयाँ बिगो भराई दिएको विभागले जनाएको छ। मंसिर महिनामा मात्रै विभागले व्यक्तिगत ठगी तर्फको ४ वटा उजुरीमा ४३ लाख ७० हजार रुपैया असुल उपर गराई दिएको छ ।

संस्थागततर्फ ५ महिनाको अवधिमा १५ करोड ११ लाख १७ हजार बिगो माग दाबीसहित ४ सय ४३ उजुरी दर्ता गराएकोमा विभागले २ सय १२ वटा उजुरी फरफराक गराउँदै २ करोड ४६ लाख बिगो भराई दिएको छ। व्यक्तिगत तर्फका उजुरीलाई  वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्धा दायर गरेपनि संस्थागत कुनै पनि उजुरीहरुलाई विभागले न्यायाधीकरणमा लागेको छैन । संस्थागत उजुरीहरुलाई विभाग, म्यानपावर व्यवसायी र उजुरीकर्ता विच त्रिपक्षिय छलफलबाट विभागले मिलाउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ