२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा रोकिएन ठगि, मंसिर महिनामा मात्रै ४ करोड ठगीको उजुरी विभागमा दर्ता

१२ पुष २०७५, बिहीबार ०९:३०

पुस १२, काठमाडौं । वैदेशिक रोजगार विभागमा मंसिर महिनामा ४ करोड भन्दा बढीको वैदेशिक रोजगार ठगीका उजुरी परेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर महिनामा परेका व्यक्तिगत ठगीका ४३ र संस्थागत तर्फका ४८ गरी परेका ९१ वटा उजुरीमा उक्त विगो रकम दावी गरिएको हो । 

व्यक्तिगत ठगीका ४३ वटा उजुरीमा २ करोड ५३ लाख ७२ हजार रुपैयाँ र  संस्थागत तर्फका ४८ वटा उजुरीमा १ करोड ५७ लाख ३१ हजार ८ सय ५७ हजार रुपैयाँ विगो दावी गरिएको विभागले जनाएको छ । संस्थागत अर्थात म्यानपावर कम्पनीको तुलनामा व्यक्तिगत रुपमा परेका उजुरीको संख्या कमी देखिए पनि व्यक्तिगत ठगीको उजुरी अत्यन्तै न्यून मात्रामा फरफारक हुने गरेको विभागको तथ्यांकले देखाएको छ । 

चालु आर्थिक वर्षको ५ महिनामा परेका व्यक्तिगत तर्फका ३ सय २१ उजुरी मध्ये ४२ वटा मात्र अर्थात् करिव १३ प्रतिशत उजुरी मात्र फरफारक भएका छन् । विभागले हालसम्म ५९ वटा उजुरीमा वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्धा दायर गरेको छ । त्यसमा ८ करोड १७ लाख १४ हजार बराबरको विगो दावी गरिएको छ । 


मंसिर मसान्तसम्म विभागमा व्यक्तिगत तर्फ ३ सय २१ र संस्थागततर्फ ४ सय ३४ उजुरी  गरी ७ सय ५५  उजुरी परेका छन् ।  दुबैतर्फ गरी चालु आर्थिक वर्षको ५ महिनामा ३२ करोड ६४ लाख ९१ हजार २ सय ५२ रुपैयाँ विगो दावी गरिएको छ । त्यसमध्ये व्यक्तिगत तर्फ १७ करोड ५३ लाख ७४ हजार बराबरको रकम दाबी गरिएको छ ।

यस अवधिमा व्यक्तिगत तर्फ ४२ वटा उजुरी फरफराक गर्दै ३ करोड ५५ लाख ११ हजार रुपैयाँ बिगो भराई दिएको विभागले जनाएको छ। मंसिर महिनामा मात्रै विभागले व्यक्तिगत ठगी तर्फको ४ वटा उजुरीमा ४३ लाख ७० हजार रुपैया असुल उपर गराई दिएको छ ।

संस्थागततर्फ ५ महिनाको अवधिमा १५ करोड ११ लाख १७ हजार बिगो माग दाबीसहित ४ सय ४३ उजुरी दर्ता गराएकोमा विभागले २ सय १२ वटा उजुरी फरफराक गराउँदै २ करोड ४६ लाख बिगो भराई दिएको छ। व्यक्तिगत तर्फका उजुरीलाई  वैदेशिक रोजगार न्यायाधीकरणमा ठगी मुद्धा दायर गरेपनि संस्थागत कुनै पनि उजुरीहरुलाई विभागले न्यायाधीकरणमा लागेको छैन । संस्थागत उजुरीहरुलाई विभाग, म्यानपावर व्यवसायी र उजुरीकर्ता विच त्रिपक्षिय छलफलबाट विभागले मिलाउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य