२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले कतारसँग यस्तो परिमार्जनसहितको श्रम सम्झौता नवीकरण गर्दै

२०७५, २९ फाल्गुन बुधबार ०७:४२

फागुन २९, काठमाण्डौ । सरकारले कतारसँग परिमार्जनसहित श्रम सम्झौता नवीकरण गर्ने भएको छ । श्रम सम्झौता परिमार्जनसहित नवीकरण गर्ने विषयमा कतारसँग बुधबार र बिहीबार छलफल हुँदैछ । कतारसँग छलफल गरेर नवीकरणको मिति पनि टुंग्याउने श्रम मन्त्रालयले जनाएको छ । 

शून्य लागत लगायत नेपाली कामदारको सुरक्षाको प्रत्याभुत हुनेगरी श्रम सम्झौता नवीकरण गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्लो समय श्रम सम्झौताका लागि रोजगारदाता देशसँगको छलफललाई तिव्रता दिएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, पारदर्शी र भरपर्दो बनाउन नयाँ देशसँग श्रम सम्झौता गर्ने र नयाँ गन्तव्य देशको खोजी गर्ने श्रम मन्त्री गोकर्ण विष्टको भनाई छ । 

कतारसँग सन् २००५ श्रम समझदारी भएको थियो । एक महिनाभित्रमा सरकारीस्तरमा श्रम सम्झौतामा हस्तक्षर हुनेगरी कतारसँग छलफल गर्ने मन्त्रालयले जनाएको छ ।

यस्तै यसअघि नेपालबाट कामदार लैजान कतारले रोजगारी भिलेजको स्थापना गर्ने प्रस्ताव राखेको थियो । यस विषयमा पनि कतारसँग छलफल हुँदैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ