चैत १४, लिस्बन। पोर्चुगलमा रहेका आप्रवासीहरुलाई खुसिको खबर छ । त्यस देशको लागि आवास भिसामा पोर्तुगल सरकारद्वारा सहज बनाईएको समाचार छ । त्यस सम्बन्धि घोषणा राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाले गरेका हुन् ।
आप्रवासी कानुनमा भएको सो हेरफर र सहजता राष्ट्रपतिको अफिसियल पेजमार्फत जानकारी दिईएको छ । त्यहाँको नयाँ नियम अनुसार गैर कानुनी तरिकाले पोर्तुगल छिरेका वा बसोबास गरिरहेका तर कम्तिमा पनि १२ महिनाको सामाजिक सुरक्षा कर ( Social Security Tax ) तिरेकाहरुको लागि आवास भिसा सहज बनाईएको हो । पोर्चुगलको संविधान सभाको २२ फेब्रुअरीमा बसेको बैठकले उक्त देशको राष्ट्रिय भूमिमा प्रवेश गर्ने, बसोबास गर्ने, पोर्चुगल छोड्ने र आप्रवासीहरुलाई देश निकाला गर्ने कानुनको हकमा यहाँको PSD र CDS-PP राजनीतिक पार्टीको बिरुद्धमा PS, PCP, BE र PAN पार्टीका सांसदहरुले दिएको भोटको आधारमा अनुमोदन गरिएको थियो ।
राष्ट्रपतिद्वारा घोषणा गरिएको नयाँ कानुनले बिना भिसा वा गैर कानुनी तरिकाले पोर्चुगल प्रवेश गरका र त्यहाँ बसोबास गरिरहेका आप्रवासी भएतापनि कम्तीमा १२ महिनाको सामाजिक सुरक्षा कर (Social Security Tax ) तिरेको भए त्यस्ता आप्रवासीहरुलाई समेत कानूनी रूपमा मान्यता दिइने छ ।