२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चेक गणतन्त्रको भिसा सेवा अबदेखि नेपालमै पाइने, के के छन् सुविधा ?

२०७५, २६ चैत्र मंगलवार ११:१४

चैत २६, काडमाडौं । चेक रिपब्लिक जान चाहाने नेपालीहरुले अब नेपालबाटै भिसा सुविधा लिन सक्ने भएका छन । भिएफएस ग्लोबलले काठमाडौमा भिसा एप्लिकेशन सेन्टरको स्थापना गरेपछि उक्त सुविधा लिन सकिने भएको हो ।

मध्य युरोपेली मुलुक चेक गणतन्त्रको यात्रा गर्न चाहने नेपाली नागरिकको सहजतालाई ध्यानमा राखेर भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्र भिसा आवेदन केन्द्र संचालनमा ल्याएको जनाएको छ । यसअघि चेक गणतन्त्र भिसा आवेदन प्रक्रियाका लागि आवेदकहरु भारतको नयाँ दिल्लीस्थित दूतावासमा जानुपर्ने बाध्यता थियो ।


नयाँ सुविधाको औपचारिक उद्घाटन भारतका लागि चेक गणतन्त्रका राजदूत मिलान होभोर्का र नेपालका लागि अवैतनिक महावाणिज्यदूत विष्णु कुमार अग्रवालले शुक्रबार संयुक्त रुपमा गरेका छन । 

सन् २०१८ मा चेक गणतन्त्रको भिसाका लागि भिसा आवेदन दिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले बढेको थियो । हरेक वर्ष आवेदनको संख्या बढ्दै गएकोले नेपाली आवेदकको सहजताका लागि भीएफएस ग्लोबलले काठमाडौंमा चेक गणतन्त्रको भिसासम्बन्धी कामकारबाही सुरु जनाएको छ ।

चेक गणतन्त्रसँगै भीएफएस ग्लोबलले नेपालबाट भिसा प्रक्रिया संचालन गर्ने मुलुकको संख्या २० पुगेको छ । भीएफएस ग्लोबलले सन् २००८ देखि चेक गणतन्त्रको सरकारसँग सहकार्य गर्दै आएको छ । हाल भीएफएस ग्लोबलले २५ मुलुकमा एक सयभन्दा बढी भिसा आवेदन केन्द्रहरु संचालन गरिरहेको छ ।

मुख्य सुविधाहरुः 

–स्काइपको माध्यमबाट अन्तर्वार्ता

–अटोमेटेड एसएमएस अपडेट

–फर्म भर्न सहयोग

–प्रिन्टिङको सुविधा

–सेल्फ–सर्भिङ बुथ

–प्राइम टाइम अपोइन्टमेन्ट

–प्राइम टाइम पासपोर्ट पास ब्याक सेवा

–बैंकिङ इन्स्ट्रयुमेन्ट

भीएफएस ग्लोबल

भीएफएस ग्लोबल विश्वभरका सरकार र कुटनीतिक नियोगहरुका लागि काम गर्ने संसारकै ठूलो आउटसोर्सिङ र टेक्नोलोजी सर्भिस स्पेसियालिस्ट हो । युएईको दुबईमा मुख्यालय रहेको भीएफएस ग्लोबल स्विस कम्पनी हो । यो स्विडेनको राजधानी स्टकहोममा मुख्यालय रहेको विश्वकै ठूलो प्राइभेट इक्विटी फर्म इक्युटीको पोर्टफोलियो कम्पनी समेत हो । 

पाँच महादेशका एक सय १४४ मुलुकमा भीएफएस ग्लोबलको तीन हजार ३१ वटा आवेदन केन्द्रहरु छन् जहाँबाट २८ फेब्रुअरी २०१९ सम्ममा १९ करोड ३० हजार भिसा आवेदन प्रक्रिया भइसकेका छन् । भीएफएस ग्लोबल ६३ वटा क्लाइन्ट सरकारको पार्टनर हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ