२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीलाई थप तनाव: आय/व्याय छानविन गर्न महालेखा परीक्षकको निर्देशन

३ बैशाख २०७६, मंगलवार ०२:३३

वैशाख ३, काठमाडौँ | धरौटी वृद्धिको ६ महिने दिनगन्ति चल्दै गरेको अवस्थामा म्यानपावर व्यवसायीलाई थप तनावको सृजना भएको छ । टिकट खरिद गरेर आफ्नो आय/व्यय विवरणमा उक्त शिर्षक लुकाई १३ करोड भन्दा बढीको राजश्व छली गरेको दावी गर्दै महालेखा परीक्षकको कार्यालयले म्यानपावर कम्पनीहरुको आय/व्यय विवरण छानबीन गर्न निर्देशन दिएको छ । 

वैदेशिक रोजगार व्यवसायीहरुले कर छल्ने गरेको पाइएको महालेखा परीक्षकको ५६ औँ वार्षिक प्रतिवेदनले उल्लेख गर्दै कर छल्ने व्यवसायीसँग कर असुल गर्न निर्देशन दिएको हो ।

वैदेशिक रोजगार व्यवसायीहरुले टिकट खरिद तथा बिक्रीमा आय व्याय नदेखाएर कर छली गरेको तथा सोबाट हुने लाभको रकम समेत कहीँ-कतै उल्लेख नगरेको पाइएको उल्लेख गर्दै वैदेशिक रोजगार व्यवसायीको आय व्याय छानविन गरी करको दायरामा ल्याउन तथा छुट भएको करसमेत असुल गर्न निर्देशन दिएको छ । 

महालेखा परीक्षक प्रतिवेदनको पृष्ठ १ सय १२ मा अर्थ मन्त्रालय मातहत रही भाग ७४ मा वैदेशिक रोजगार व्यवसायीको आय शीर्षकमा उक्त कुरा उल्लेख गरिएको छ । जस वापत व्यवसयीहरुबाट १३ करोड २७ लाख शुल्क तथा त्यसको ब्याजसमेत असुली गर्न महालेखा परीक्षकले निर्देशन दिएको छ । 


आयकर ऐन, २०५८ को दफा ७ अनुसार सेवा शुल्कलाई समेत आयमा समावेश गर्नुपर्ने उल्लेख छ । महालेखा परीक्षकको प्रतिवेदनले हवाई टिकट बिक्री तथा कारोबार गर्ने करदाताको सम्परीक्षण गर्दा टिकट व्यावसायीले टिकट बेचेको देखाएको तर वैदेशिक रोजगार व्यावसायीले भने खरिद गरेको नदेखाएपछि व्यवसायीले कर छली गरेको उसको निष्कर्ष रहेको छ । जुन शिर्षकमा आर्थिक वर्ष २०७४–७५ मा वैदेशिक रोजगार व्यावसायीहरुले ९० करोड ८ लाख ९६ हजारको टिकट खरिद गरेको देखिएको छ । अधिकांश म्यानपावर व्यवसायीहरुले बुझाएको लेखा परिक्षण प्रतिवेदनमा हवाई टिकटको बिषय उल्लेख छैन । 

महालेखा परीक्षकको कार्यालयले म्यानपावर व्यवसायीहरुले ९० करोड भन्दा बढीको टिकट खरिद गरेर ३७ करोडको मात्रै आम्दानी देखाएपछि झन्डै ५३ करोडको २५ प्रतिशतले हुन आउने रकमको आधारमा १३ करोड भन्दा बढी राजश्व छली गरेको भन्दै उक्त करको ब्याज समेत अशुली गर्न निर्देशन दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य