२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- ‘सार्वजनिक ठाउँमा असामाजिक काम नगर्नुस्

२०७६, १३ जेष्ठ सोमबार १२:०४

जेठ १३, काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले नेपालीलाई स्थानीय कानुन विपरित सार्वजनिक ठाउँमा असामाजिक काम नगर्न आग्रह गरेको छ । कतारमा रहेका नेपालीले सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, होहल्ला तथा झगडा गर्ने गरेको भन्दै दूतावासले विज्ञप्ति नै निकालेर सचेत गराएको हो । 

‘केही नेपाली समुदायका सदस्यहरु स्थानीय संस्कृति तथा नियम कानून विपरित सार्वजनिक ठाउँमा असामाजिक रुपले प्रस्तुत भएका घट्नाप्रति दूतावासको ध्यानाकर्षण भएको छ’, दूतावासले विज्ञप्तिमार्फत भनेको छ, ‘यस्तो कार्य गर्दा सजायको भागिदार हुनुपर्ने र यसले अन्य समुदायमा बीचमा  नेपाली समुदायको छविमा नकारत्मक सन्देश जान्छ, त्यसैले यस्तो कार्य नर्गन र नगराउनुहुन सबै नेपाली समुदाय समक्ष अनुरोध छ ।’

साथै दूतावासल कतारको कानून, धर्म, परम्परा र संस्कृति विपरित कुनै काम नगर्न आग्रह गरेको छ । सार्वजनिक स्थानमा अनावश्यक जमघट गर्ने, झगडा गर्ने, होहल्ला गर्नेजस्ता काम नगर्न पनि दूतावासले नेपालीलाई आनुरोध गरेको छ । 

सामाजिक सञ्जालमार्फत असामाजिक तथा अनावश्यक कुरा पोष्ट नगर्न पनि दूतावासले नेपालीलाई सचेत गराएको छ । यस्तै बन्द हडताल, ठगी, चोरी तथा महिलामाथि दुव्यवहार नगर्न पनि भनिएको छ ।

रमादान लगायत निषेधित समयमा कुनै पनि खानेकुरा खुल्ला रुपमा नखान पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से