२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार : जिल्ला प्रशासन कार्यालयले सोध्यो, संघको निर्वाचन कहिले हुँदैछ ?

२०७६, १२ असार बिहीबार ०८:२५

असार १२, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल बैदेशिक रोजगार व्यवसायी संघलाई ५ दिने अल्टिमेटम सहितको पत्र पठाएको छ। असार २७ गतेलाई तोकिएको संघको साधारणसभा र निर्वाचन गर्ने विषयमा व्यवसायी विच नै मतान्तर देखिंदै आएको छ । सोहि विषयलाई लिएर प्रशासन कार्यालयले पत्र काटिएको हुनसक्ने व्यवसायीले आकलन गरेका छन् ।

संघलाई लेखेको पत्रमा भनिएको छ, 'वर्तमान कार्यसमितिको कार्यकाल कहिलेसम्म हो ? विधान बमोजिम अब कार्यसमितिको निर्वाचन कहिले हुँदैछ ?' त्यस्तै गरि अन्य जवाफ माग्दै भनिएको छ, निर्वाचन कार्यक्रम घोषणा भएको भए निर्वाचन कार्यक्रम कार्यतालिका सहितको विवरण र संस्थाको विधानको प्रतिलिपि पेश गर्नुहोला । 

संघले आगामी असार २७ गते साधारणसभा र निर्वाचन गर्ने घोषणा गरिसकेको छ। आगामी भदौ १८ गतेभित्र म्यानपावर कम्पनीको वृद्धि गरिएको नगद धरौटी, बैंक ग्यारन्टी व्यवस्था गरिसक्नु पर्नेछ। यस्तो अवस्थामा धरौटी जम्मा नगर्ने व्यवसायी पनि निर्वाचनमा सहभागी हुने अवस्था आउने भएकोले भदौ १८ पछाडी निर्वाचन गर्नु उपयुक्त हुने केहि व्यवसायीले बताउंदै आएका छन् तर नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले भने ताजा जनादेशका आधारमा तिकिएकै मितिमा निर्वाचन गरिनु पर्ने माग गर्दै आएको छ।

जिल्ला प्रशासन कार्यालयले संस्थालाई आवश्यक निर्देशन दिन सक्ने र त्यस्तो निर्देशनको पालना गर्नु सम्बन्धित संस्थाको कर्तव्य हुने भन्ने व्यवस्था संस्था दर्ता ऐनमा रहेको छ । तर जिल्ला प्रशासन कार्यालयले दिएको आदेशमा चित्त नबुझाउने पक्षले पुनरावेदन अदालतमा उजुरी दिन पाउने व्यवस्था पनि सोही ऐनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ