२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाली भाषा परीक्षा उत्तीर्णहरुको सीप परीक्षण भदौमा, असार २९ सम्म नाम दर्ता गरिसक्नु पर्ने

१८ असार २०७६, बुधबार ०५:५६

असार १८,काठमाडौं । सन् २०२० का लागि दक्षिण कोरिया जान रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा उत्तीर्ण भएका श्रमिक (परीक्षार्थी)को सीप परीक्षण आगामी भदौ महिनामा हुने भएको छ । भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको सीप परीक्षण भदौ ४ देखि १८ गतेसम्म हुने वैदेशिक रोजगार विभाग अन्तर्गत इपीएस शाखाले जानकारी दिएको छ ।

सीप परीक्षणमा सहभागी हुन असार २० देखि २९ गतेसम्म रजिस्ट्रेसन फाराम भरिसक्नुपर्ने जनाइएको छ । सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । औद्योगिक क्षेत्रमा ९ हजार १ सय ३३ र कृषि तथा पशुपालन क्षेत्रमा २ हजार ८ सय ७६ जना उत्तीर्ण भएका थिए ।

ईपीएस शाखाका अनुसार सन् २०२० का लागि कृषि क्षेत्रका लागि परीक्षार्थीले ९० अंकको भाषा परीक्षा दिएका थिए । उक्त भाषा परीक्षामा पास हुनेले १ सय १० अंकको सीप परीक्षणको परीक्षामा अनिवार्य सहभागी हुनुपर्ने भएको छ ।

यस्तै, उत्पादनमूलक क्षेत्रमा जानका लागि परीक्षार्थीले १ सय अंकको भाषा परीक्षा दिएका छन् । भाषा परीक्षा पास भएकाले सय अंकको सीप परीक्षा अनिवार्य दिनुपर्ने भएको छ । सीप परीक्षणमा पास भएका परीक्षार्थीले मात्र रोजगारका लागि कोरिया जाने निश्चित हुने शाखाले जनाएको छ ।

आगामी वर्ष सन् २०२० का लागि दक्षिण कोरियाले वर्ष उत्पादनमूलक क्षेत्रमा ७ हजार ५० र कृषि क्षेत्रमा ३ हजार गरी कुल १० हजार ५० जनाका लागि कोटा छुट्याए पनि निर्धारण गरेको कोटा भन्दा २ हजार बढीको नाम प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान