२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुनद्वारा न्यूनतम पारिश्रमिक बढाउने वाचा पूरा गर्न नसकेकोमा क्षमायाचना

२०७६, २९ असार आईतवार १५:३५

असार (२९, सिओल, दक्षिण कोरिया,(रासस/योन्हाप) । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इनले आफ्नो कार्यकाल भरीमा आफ्नो देशमा न्यूनतम पारिश्रमिक प्रतिघण्टा १० हजार वन (८.४८ अमेरिकी डलर) पु¥याउने प्रतिवद्धतालाई पूरा गर्न नसकेको भनी आइतबार सार्वजनिकरूपमा क्षमायाचना गर्नुभएको छ ।

राष्ट्रपति मुनले नीति निर्माणसम्बन्धी आफ्ना सेना प्रमुख किम साङ–जोमार्फत सार्वजनिक गरेको सन्देशमा उक्त कुरा बताइएको हो ।

राष्ट्रपति मुनलाई उद्धृत गर्दै साङ–जोले भन्नुभयो, “राष्ट्रपतिका हैसियतमा मलाई निकै अफसोस लागेको छ किनकि मैले दक्षिण कोरियाली जनतासँग वाचा गरे अनुसार मुलुकको न्यूनतम पारिश्रमिकको लक्ष्यलाई पूरा गर्न सम्भव भएन ।”  

साङ–जोले आइतबार चेओङ वा दायको न्यूनतम पारिश्रमिक निर्धारणप्रतिको जिम्मेवारीबारे पत्रकारहरूलाई जानकारी गराउनुभएको हो । 

गत हप्ता श्रम तथा व्यापार प्रतिनिधि र विज्ञहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिमा भएको मतदानले अर्को बर्षदेखि लागु हुनेगरी २.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।

पछिल्लो प्रावधान अनुसार अब दक्षिण कोरियाको न्यूनतम पारिश्रमिक प्रतिघण्टा आठ हजार ५९० वन कायम हुनेछ । दक्षिण कोरियाले सन् २०१९ का लागि गत बर्ष १०.९ प्रतिशत पारिश्रमिक वृद्धि गरेको थियो ।

यस बर्ष दक्षिण कोरियाको आर्थिक वृद्धिदर यस दशक मा नै सबैभन्दा कम भएकोले न्यूनतम ज्याला दर प्रतिघण्टा १० हजार कोरियन वन पु¥याउने लक्ष्यसहितको नीति असफल भएको हो । राष्ट्रपति मुनको पाँच बर्षे कार्यकाल सन् २०२२ को मे महिनामा सकिनेछ ।

चेओङ वा–दायका सहयोगीहरूसँग राष्ट्रपति मुनले “मुलुकको आर्थिक, रोजगारी र बजारको ग्रहणशिलताको अवस्थालाई मध्यनजर गर्दै न्यूनतम पारिश्रमिक आयोगल कठीन निर्णय लिएको” बताउनुभएको जनाइएको छ । 

मुनले मतदानबाट निर्णय लिइनु पहिले केही सम्वेदनशिल बिषयमा आफ्नो धारणाका वाबजूद पनि लचकता अपनाउन सकिने सङ्केत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह