२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार : विभिन्न देशबार २५१ को उद्धार

१२ श्रावण २०७६, आईतवार १६:१०

 साउन १२, काठमाडौँ । मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको नाममा विभिन्न देश पुगेका २५१ जनाको उद्धार गरिएको छ ।

उनीहरुलाई भारत, किर्किस्थान, कुवेत, लिबिया, केन्यालगायत देशबाट उद्धार गरिएको ब्यूरोले जनाएको छ । उद्धार गरिएकामा धेरै महिला छन् । गएको फागुनदेखि असारसम्ममा उनीहरुको यसरी उद्धार गरिएको हो । 

वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन तथा अवैध ओसारपसारका घटना बढ्दै गएकाले प्रहरीले मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना गरेर काम गर्दै आएको छ ।  

ब्यूरो स्थापनापछि अहिलेसम्म ११ घटनामा मुद्दा दर्ता गरिएको ब्यूरोका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो । आरोपीमध्ये १२ जना पक्राउ परेका छन् ।

अझै २९ जना फरार रहेकाले खोजी जारी रहेको उहाँले जानकारी दिनुभयो । भारतबाट मात्रै झण्डै २०० जनाको उद्धार गरिएको छ । पहिले भारतमा देह व्यापारका लागि मानव बेचबिखन हुने गरेको थियो । 

अहिले भने वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन हुँदै आएको छ । अवैध बाटो हुँदै मानिसलाई बेचबिखन गर्ने गरेको प्रहरीले जनाएको छ ।

कानूनमा यसरी बेचबिखन गर्नेलाई १५ वर्षसम्म सजाया हुने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ?