२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

कुवेतको अस्पतालमा थला परेका प्रेम वान्तवाको उद्धार

२०७६, ६ मंसिर शुक्रबार १५:०८

मङ्सिर ६, भोजपुर | प्यारालाइसिसले कुवेतको अस्पतालमा थला परेका भोजपुर नगरपालिका–१ का प्रेम वान्तवाको उद्धार गरिएको छ । उच्च रक्तचापका कारण बिरामी परेका वान्तावालाई नेपाली दूतावास र विभिन्न सङ्घसंस्थाको सहयोगमा अलजजिरा एयरलाइन्समार्फत आज नेपाल फर्काइएको हो । कम्पनीतर्फबाट प्लेन टिकट, हालसम्मको अस्पतालमा उपचार खर्च र तलब कम्पनीले भुक्तान गरेपछि नेपाल फर्काइएको पारिवारिक स्रोतले जनाएको छ । 

केही समयअघि वैदेशिक रोजगारको सिलसिलामा कुवेत पुगेका वान्तवा कम्पनीमा काम गर्दागर्दै ढलेका थिए । “पारिवारिक अवस्था दयनीय रहेका कारण उपचार खर्च जुटाउन र समन्वय गर्दै नेपाल ल्याउँनका लागि समस्या भएपछि सामाजिक सञ्जालमार्फत सहयोग अपिल गरेका थियौँ”, अभियानकर्ता नुमा राईले बताउनुभयो । राईले भन्नुभयो, “हामीले सामाजिक सञ्जालमार्फत धेरैभन्दा धेरै रकम सङ्कलन गर्न सक्षम भइसकेका छौं, सामाजिक सञ्जालमार्फत उठेको रकमले प्रेमलाई आज हामीले नेपाल ल्याउन सकेका छौँ । अहिले पनि सहयोग उठ्नेक्रम जारी छ यो अभियानलाई निरन्तरता दिन्छौँ ।”

हाम्रो प्यारो भोजपुर फेसबुक पेजबाट सामाजिक सञ्जाल समूहमार्फत आह्वान गर्दै आएका अभियानकर्ताले सहयोग गरिसकेपछि सोको भौचर तथा पेजमा पोष्ट गरिदिनुहुन पनि अनुरोध गरेका छन् । प्रेमकी श्रीमती शीलाले आफ्नो श्रीमान् गत वर्ष फागुनमा विदेश जान्छु भन्दै काठमाडौँ गएका तर पछि एकैचोटी विदेशमा बिरामी परेको खबर सुनेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै