साउन ५, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगियो भने वैदेशिक रोजगार विभागमा जाँदा न्याय पाइन्छ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ५, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगियो भने वैदेशिक रोजगार विभागमा जाँदा न्याय पाइन्छ"/>
१९ माघ २०८२, आईतवार
काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा ठगिँदाको सास्ती : म्यानपावरका मान्छेले न्याय खोज्नेलाई विभागमै पुगेर कुटे !

५ श्रावण २०७३, बुधबार १०:४०

साउन ५, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगियो भने वैदेशिक रोजगार विभागमा जाँदा न्याय पाइन्छ भन्ने सबैको बुझाई छ । हो पनि त्यही । तर गुल्मीको सिमीचौरका कृष्णबहादुर जोगीलाई त्यो कुरा लागु भएन । 

कृष्णबहादुरले ५ महिनाअघि साउदी अरवमा एसिस्टेण्ट कुकको काममा जान काठमाडौं सामाखुशीको फयुचर स्टार म्यानपावरका एजेण्ट विष्णु सिग्देललाई ७० हजार रुपैयाँ बुझाउनुभयो । उहाँले पैसा बुझाउँदा सरकारले वैदेशिक रोजगारीमा फ्रि भिषा फ्रि टिकट लागु गरेको घोषणा गरिसकेको थियो ।

फ्रि भिषा र फ्रि टिकटमा पनि काम गर्न विदेश जान पाइन्छ भन्ने कुुरा कृष्णबहादुरले पछि थाहा पाउनुभयो । त्यसैले उहाँले आफू धेरै पैसा तिरेर विदेश नजाने भन्दै पैसा फिर्ता माग्नुभयो । ७० हजार रुपैयाँ लिएका एजेण्टले प्रहरीसँगको छलफलपछि ५० हजार रुपैयाँ त्यति बेलै फिर्ता गरिदिए । तर बाँकी २० हजार रुपैयाँ र पासपोर्ट भने फिर्ता भएन । त्यसैले उहाँ पासपोर्ट र २० हजार रुपैयाँ फिर्ता गराइदिन आग्रह गर्दै वैदेशिक रोजगार विभागमा पुग्नुभयो । गाउँबाट विभागसम्म आइपुग्दा पनि म्यानपावरका कुरा भने फेरिएनन ।

‘मैले फ्रि भिषा फ्रि टिकटमा पठाउ भनेको थिएँ तर म उडाउँदिन भन्यो’ कृष्णबहादुर भन्नुहुन्छ ‘बरु उसले उल्टै विभागकै कर्मचारीका अगाडी तथानाम गाली गरे’ 

म्यानपावरका सञ्चालकले पासपोर्ट र पैसा दिने छाँट नदेखाएपछि विभागले ७ दिनभित्र उपस्थित हुन भने पनि म्यानपावरका सञ्चालक हरि पाण्डे विभागमा गएनन् । त्यसैले विभागले म्यानपावरलाई रोक्का गर्यो । तर त्यसको केहि दिनमा नै विभागले म्यानपावरलाई गरेको रोक्का फिर्ता गर्यो । ‘कसरी फुकुवा भयो केहि थाहा पाएनौं’ वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निशुल्क कानुनी सहायता दिँदै आएको संस्था पिपुल फोरमका राजेशकुमार भण्डारीले भन्नुभयो । 

तर त्यसको ३ महिनापछि तपाईंको पासपोर्ट फिर्ता लिन आउनुहोस भनेर बोलायो कृष्णबहादुरलाई । पासपोर्ट पाउने आशामा कृष्णबहादुर गुल्मीदेखि काठमाडौंसम्म आउनुभयो । विभागले भने अनुसार उहाको पासपोर्ट फिर्ता भयो तर पैसा फिर्ता भएन । 

त्यसैले उहाँले मेरो २० हजार रुपैयाँ पनि थियो भनेपछि विभाग भित्रै म्यानपावरका सञ्चालक हरि पाण्डेले कृष्णबहादुरलाई हातपात गरे । ‘पिपुल फोरमका राजेश सर पनि त्यहीँ हुनुहुन्थ्यो त्यतिकैमा उसको (हरि पाण्डेको) ड्राइभरले मलाई लात्तै लात्तले भकुर्‍यो’ कृष्णबहादुरले घटना सुनाउनुभयो । भिडियो खिचेको भन्दै आफुमाथि निर्घात कुटपिट भएको कृष्णबहादुरले बताउनुभयो । कुट्ने ड्राइभर भागे पनि म्यानपावर सञ्चालक पाण्डेलाई प्रहरीले तत्कालै पक्रियो ।

म्यानपावर सञ्चालक र उनका ड्राइभरको कुटाईबाट घाइते भएका कृष्णलाई सुरुमा उपचारका लागि सिभिल अस्पतालमा लगियो । तर त्यही दिन राती म्यानपावर सञ्चालकहरु (पाण्डेका साथी)ले उहाँलाई राम्रो हस्पिटलमा लाने भनेर सञ्चालक पाण्डेलाई थुनेर राखेको ठाउँमा पुर्‍याए मिलापत्रका लागि । 

त्यहाँबाट कान्तिपुर अस्पताल पुर्‍याइएका कृष्णबहादुरको त्यहाँ उपचार भयो । एक दिनको उपचारपछि पासपोर्टसँगै बुझाएको र फिर्ता लिन बाँकी २० हजार रुपैयाँ र २० हजार क्षतिपूर्ति गरेर ४० हजार रुपैयाँ दिने भनेपछि मिलापत्र भयो । 

ठगिने मात्रै होइन उनीहरुका कुरा गर्नेलाई पनि धम्की

सरकारले फ्रि भिसा फ्रि टिकट लागु गरेपछि धम्कीका घटना बढेको पिपुल फोरममा आवद्ध अधिवक्ता कृष्ण न्यौपानेको भनाई छ । विदेश जानेहरुले सरकारको निर्णय अनुसार न्युन लागतमा जान पाउनुपर्ने माग गर्ने तर म्यानपावरले नमान्ने भएकाले समस्या धेरै देखिएको न्यौपानेले बताउनुभयो ।

विदेश जानेहरुलाई धम्किले उनीहरुलाई न्याय दिलाउन काम गरिरहेकाहरुलाई पनि धम्कि दिने गरेका छन । ‘कृष्ण बहादुरकै जस्तो अर्को एक जना पीडितको उजुरी विभागमा दर्ता गरेपछि एक हुल हाम्रै अफिसमा आएर धम्की दिए’ अधिवक्ता न्यौपानेले भन्नुभयो । 

विभाग भन्छ -हामीलाई जानकारी नै छैन

कृष्णबहादुर विभागभित्रै कुटिए । तर त्यतिबेला भर्खरै विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेका शत्रुघ्नप्रसाद पुडासैनीले आफूलाई यस बारे कुनै जानकारी नै नभएको बताउनुभयो । उज्यालो अनलाइनसँगको कुराकानीमा उहाँले भन्नुभयो, ‘खै यस्ता घटना त मेरो नोटिसमा आएको छैन त ।’ पीडितका गुनासा र अधिकारकर्मीले भनेको कुरा जानकारी गराउँदा उहाँले त्यस बारे आफूलाई जानकारी नभएको भन्दै थप केही बताउनुभएन ।

स्रोत: मोहन पौडेल/उज्यालो अनलाइन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार