२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना

२०७७, १४ जेष्ठ बुधबार ०३:४७

जेठ १४, काठमाडौँ | रोजगारीको क्रममा टर्की पुगेका नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्दारको लागि अनुरोध गरेका छन् । कोरोना महामारीको बीच लामो समय टर्कीमा बसेका उनीहरुले खान र बस्न आफूहरुसँग भएको संचित पैसा सकिएको भन्दै सहयोगको याचना गरेका हुन् । 

टर्कीको स्तानाबुल तक्सिम भन्ने ठाउँमा नेपालीहरुले आफूहरु समस्यामा परेको र नेपाल फर्कन चाहेको भन्दै उनीहरुले उद्दारको लागि अनुरोध गरेका छन् । यसअघि IGA भन्ने कम्पनीमा कार्यरत उनीहरुलाई उक्त कम्पनीले भिषा सकिएलगत्तै गत मार्च २० मा कम्पनीबाट निकालिदिएको थियो । कम्पनीले निकालेदेखि आफूहरु बिचल्लीमा परेको र साथीहरुको सहयोगमा त्यसै ठाउँमा कोठा लिएर बसेको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार आफूसँग भएको खर्चले यतिका दिनसम्म बसेको भाडा र खाना पुर्याएको भन्दै अब त्यो अवस्था नरहेको र खाना समेत खान नपाएको गुनाशो गरेका छन् । उनीहरुले भने 'अहिले हामीसँग खाना र कोठाभाडा तिर्ने पैसा छैन, खाननै नपाएपछि कसले सहयोग गर्ला भन्ने पिर परेको छ ।'  उनीहरुले आफ्नो समया समाधानको लागि र गुनाशो पोख्ने कुनै निकायबारे जानकारी नभएको बताएका छन् । साथै टर्कीमा कोरोना संक्रमणको अवस्था भयावह रहेको भन्दै उनीहरुले आफूहरु टर्कीमा सुरक्षित समेत नरहेको बताएका छन् । 

समस्यामा परेका नेपालीहरुले सम्बन्धित देशमा आफूहरुलाई सहयोगको आवश्यकता रहेको बताउदै नेपाल सरकार, टर्की हेर्ने दुतावास र गैरआवासीय नेपाली संघसँग सहयोगको याचना गरेका छन् । उनिहरुले आफूहरुलाई उद्दारको लागि अनुरोध समेत गरेका छन् । समस्यामा पर्ने नेपालीहरुमा दिल बहादुर बस्नेत, विजय लम्साल, डिल्लीस्वर याक्का, राजकुमार तामाङ, निमा दोर्जे तामाङ, रामकुमार पाख्रिन, अशोक कुमार थापा, विर्ख बहादुर मोक्तान, मणि कुमार विक, बुद्ध लामा, भिम बहादुर दर्लामी र अशोक मल्ल रहेका छन् । 


उनिहरुलाई कोरोना महामारीको बीच कामबाट निकाल्ने IGA कम्पनी त्यहि कम्पनी हो जसले यसअघि पनि ९ सय नेपाली कामदारलाइ अलपत्र पारेर करार अवधि अगावै नेपाल फिर्ता गरेको थियो । हाल समस्यामा रहेका नेपालीहरुलाई श्रम स्वीकृति समेत नगराई टर्की लगिएको खुलेको छ । टर्कीमा वैदेशिक रोजगारीको लागि नेपालीहरु जाने गरेका छन् । टर्कीमा नेपाली दुतावास छैन तर त्यहाँको लागि पाकिस्तानस्थित नेपाली राजदूतावासले हेर्ने गरेको छ । उनीहरुलाई सहयोग गर्न +905455966726 सम्पर्क गर्न सकिन्छ । 

टर्कीमा समस्यामा परेका १२ नेपालीहरुको विषयमा खण्डन तथा स्पष्टिकरण

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ