साउन १२, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका ८० वट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका ८० वट"/>
१ माघ २०८२, बुधबार
काठमाडौँ - KTM

गत आर्थिक बर्षमा कुन म्यानपावरले कति कामदार पठाए (लिस्ट सहित)

१२ श्रावण २०७३, बुधबार ०४:४६

साउन १२, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका ८० वटा म्यानपावर कम्पनीले एक हजार भन्दाबढी कामदार वैदेशिक रोजगारीमा पठाउन सफल भएका छन् । जसमा सबैभन्दा बढी बैदेशिक रोजगारीमा कामदार पठाउन सफल म्यानपावर एसओएस म्यानपावर बन्न सफल भएको छ  वैदेशिक रोजगार विभागमा प्रवक्ता मोहन अधिकारीका अनुसार गत आर्थिक वर्षको तथ्याङ्क अनुसार कूल ४ लाख १८ हजार ७ सय १३ जना कामदार वैदेशिक रोजगारीमा गएकोमध्ये ७ सय ४३ वटा म्यानपावरले ३ लाख ६८ हजार २ सय २३ जना कामदार विदेश पठाए ।

ती ७ सय ४३ म्यानपावरमध्ये ८० वटा म्यानपावरले १ हजार भन्दा बढी र १० हजार भन्दा कम कामदार पठाएको तथ्याङ्क छ । सबै भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीमा धापासीस्थित एसओएस म्यानपावर सर्भिस प्रा.लि.(९७७२ जना) रहेको छ भने गौशालास्थित द रिभर ओभरसिज प्रा.लि.(५,५९० जना), तेस्रोमा ललितपुर बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनल प्रा.लि. (५,३५३ जना) रहेको छ ।

यसैगरी चक्रपथस्थित स्काई ओभरसिज सर्भिस प्रा.लि.ले ४ हजार कामदार विदेश पठाइ चौथो स्थानमा रहेको छ भने साउन्ड लाइन्स रिक्रुटमेन्ट प्रा.लि.(३,६३२ जना) कामदार विदेश पठाई पाँचांै स्थानमा रहेको छ । ३ हजार ४ सय २३ जना कामदार विदेश पठाई कोशी इन्टरनेशनल सभिर्सेज प्रा.लि. छैठौं, ३ हजार २ सय ४४ जना पठाई ओशो रिक्रुटिङ एजेन्सी सातौं, ३ हजार १ सय २४ जना कामदार पठाई भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि. आठौँ स्थानमा रहेका छन् । नवौं स्थानमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.ले ३ हजार ६४ र दशौं स्थानमा रहेको कोमल इन्टरनेशनल सर्भिस प्रा.लि.ले २ हजार ९ सय ५५ कामदार विदेश पठाएका छन् ।

त्यस्तै विभागका अनुसार सबैभन्दा बढी महिला कामदार पठाउनेमा एससीसी म्यानपावर कम्पनी प्रा.लि. रहेको छ । समग्रमा ९ सय ३८ कामदार पठाएको राजधानीको कमलपोखरीस्थित उक्त कम्पनीले गत आर्थिक वर्ष २०७२/७३ मा ७ सय ५३  जना महिला कामदार पठाएको छ । त्यसैगरी ४ सय ६५ जना महिला कामदार पठाएको कोशी इन्टरनेशनल सर्भिसेज प्रा.लि. धेरै महिला कामदार पठाउने सूचीको दोश्रो नम्बरमा रहेको छ । ३ सय ४८ महिला कामदार पठाएको दि रिभर ओभरसिज प्रा.लि.महिला कामदार बढी कामदार बढी पठाउने सूचीको तेश्रो नम्बरमा रहेको छ | गत आर्थिक वर्षमा अधिल्लो आर्थिक वर्षको भन्दा ३ वटा बढि म्यानपावर थपिएका छन् । यससंगै नेपालमा ७ सय ५७ म्यानपावर सञ्चालनमा छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव