साउन १२, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका ८० वट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १२, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका ८० वट"/>
२०८२, २७ चैत्र शुक्रबार
काठमाडौँ - KTM

गत आर्थिक बर्षमा कुन म्यानपावरले कति कामदार पठाए (लिस्ट सहित)

२०७३, १२ श्रावण बुधबार ०४:४६

साउन १२, काठमाडौँ | गत आर्थिक बर्ष म्यानपावरहरुका लागि निकै सकसपूर्ण बर्ष बन्यो । बिभिन्न समस्याको बाबजुद पनि गत बर्षमा नेपालका ८० वटा म्यानपावर कम्पनीले एक हजार भन्दाबढी कामदार वैदेशिक रोजगारीमा पठाउन सफल भएका छन् । जसमा सबैभन्दा बढी बैदेशिक रोजगारीमा कामदार पठाउन सफल म्यानपावर एसओएस म्यानपावर बन्न सफल भएको छ  वैदेशिक रोजगार विभागमा प्रवक्ता मोहन अधिकारीका अनुसार गत आर्थिक वर्षको तथ्याङ्क अनुसार कूल ४ लाख १८ हजार ७ सय १३ जना कामदार वैदेशिक रोजगारीमा गएकोमध्ये ७ सय ४३ वटा म्यानपावरले ३ लाख ६८ हजार २ सय २३ जना कामदार विदेश पठाए ।

ती ७ सय ४३ म्यानपावरमध्ये ८० वटा म्यानपावरले १ हजार भन्दा बढी र १० हजार भन्दा कम कामदार पठाएको तथ्याङ्क छ । सबै भन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीमा धापासीस्थित एसओएस म्यानपावर सर्भिस प्रा.लि.(९७७२ जना) रहेको छ भने गौशालास्थित द रिभर ओभरसिज प्रा.लि.(५,५९० जना), तेस्रोमा ललितपुर बखुण्डोलस्थित प्याराडाइज इन्टरनेशनल प्रा.लि. (५,३५३ जना) रहेको छ ।

यसैगरी चक्रपथस्थित स्काई ओभरसिज सर्भिस प्रा.लि.ले ४ हजार कामदार विदेश पठाइ चौथो स्थानमा रहेको छ भने साउन्ड लाइन्स रिक्रुटमेन्ट प्रा.लि.(३,६३२ जना) कामदार विदेश पठाई पाँचांै स्थानमा रहेको छ । ३ हजार ४ सय २३ जना कामदार विदेश पठाई कोशी इन्टरनेशनल सभिर्सेज प्रा.लि. छैठौं, ३ हजार २ सय ४४ जना पठाई ओशो रिक्रुटिङ एजेन्सी सातौं, ३ हजार १ सय २४ जना कामदार पठाई भिजन एन्ड भ्यालु ओभरसिज प्रा.लि. आठौँ स्थानमा रहेका छन् । नवौं स्थानमा रहेको अक्सफोर्ड इन्टरनेशनल प्रा.लि.ले ३ हजार ६४ र दशौं स्थानमा रहेको कोमल इन्टरनेशनल सर्भिस प्रा.लि.ले २ हजार ९ सय ५५ कामदार विदेश पठाएका छन् ।

त्यस्तै विभागका अनुसार सबैभन्दा बढी महिला कामदार पठाउनेमा एससीसी म्यानपावर कम्पनी प्रा.लि. रहेको छ । समग्रमा ९ सय ३८ कामदार पठाएको राजधानीको कमलपोखरीस्थित उक्त कम्पनीले गत आर्थिक वर्ष २०७२/७३ मा ७ सय ५३  जना महिला कामदार पठाएको छ । त्यसैगरी ४ सय ६५ जना महिला कामदार पठाएको कोशी इन्टरनेशनल सर्भिसेज प्रा.लि. धेरै महिला कामदार पठाउने सूचीको दोश्रो नम्बरमा रहेको छ । ३ सय ४८ महिला कामदार पठाएको दि रिभर ओभरसिज प्रा.लि.महिला कामदार बढी कामदार बढी पठाउने सूचीको तेश्रो नम्बरमा रहेको छ | गत आर्थिक वर्षमा अधिल्लो आर्थिक वर्षको भन्दा ३ वटा बढि म्यानपावर थपिएका छन् । यससंगै नेपालमा ७ सय ५७ म्यानपावर सञ्चालनमा छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने