२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वायुसेवा निगमको जहाजबाट पीसीआर रिपोर्ट नभएका एक यात्रु आएपछि २१३ जना नै क्‍वारेन्टिनमा

२०७७, १८ भाद्र बिहीबार ०९:०३

भदौ १८, काठमाडौं । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत जापानको नारिताबाट काठमाडौं आएका एक यात्रुसँग पीसीआर रिपोर्ट नभएपछि सबै यात्रुलाई होटेलको क्‍वारेन्टिनमा राखिएको छ ।

सरकारले लकडाउनपछि भदौ १६ बाट नियमित अन्तराष्ट्रिय हवाई उडान सुचारु गर्ने निर्णय गरेको थियो । सो पश्च्यात निगमले जापानबाट पहिलो नियमित उडान गरेको थियो । निगमको जहाज मार्फत बुधबार राति नारिताबाट २१३ जना नेपाली काठमाडौं आएका थिए । 

काठमाडौं आइसकेपछि चेक गर्दा पीसीआर गरेको रिर्पाट एक यात्रुसँग नभएपछि सबैलाई होटेल क्‍वारेन्टिनमा राखिएको निगमका प्रवक्ता अर्चना खड्काले साझा सबाललाई जानकारी दिईन् ।  नारिताबाट आएका २१३ जनामध्ये एक जनासँग आरडीटी नेगेटिभ रिपोर्ट मात्रै रहेछ, प्रवक्ता खडकाले भनिन्  “पीसीआर नभएको यात्रुको पीसीआर परीक्षण गर्न लगाएका छौं, बेलुकासम्म रिपोर्ट आउँछ होला ।”

एक जनाको पीसीआर गरेको रिपोर्ट नभएपछि सबै यात्रुलाई अहिले होटेल क्‍वारेन्टिनमा राखिएको उनले बताईन् । "अन्य २१२ यात्रुसँग पीसीआर गरेको र नेगेटिभ रहेको रिपोर्ट भए पनि एक यात्रुसँग आरडीटी गरेको मात्रै रिपोर्ट भएकाले सबैलाई क्‍वारेन्टिनमा राखिएको हो, परीक्षण गरेकाको पीसीआर रिपोर्ट नेगेटिभ आएमा प्रशासानको समन्वयमा के गर्ने भन्ने निर्णय हुन्छ" उनले भनिन् ।

सरकारले अन्तर्राष्ट्रियतर्फ नियमित उडान गर्न दिएको मुलुकबाट नेपाल आउँदा अनिवार्य पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ । सरकारले कुनै पनि एयरलाइन्सले पीसीआर गरेको र नगरेको यात्रुलाई सँगै ल्याए सबै यात्रुलाई होटेल क्‍वारेन्टिनमा एयरलाइन्सकै खर्चमा राख्नुपर्ने निर्णय गरेको छ । सोहीअनुसार निगमले सबै यात्रुलाई होटेल क्‍वारेन्टिनमा राखेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?