२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

६ पुष २०७७, सोमबार ०५:०१

पुस ६, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले विभिन्न स्थानमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ | राजदूतावासले दूतावास रहेको शहर(रियाद) भन्दा टाढा रहेका  सेवाग्राहीलाई उनीहरुको पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्न लागिएको हो |

राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागिएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ | जस अनुसार, शुक्रबार २५ डिसेम्बर २०२० बिहान ८ बजे देखि मुगल रेस्टुरेन्ट  दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट) ग्रिन सपिंग सेन्टर संगै दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राखिने भएको छ | 

दूतावासका अनुसार राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरूलाई पहिलो प्राथमिकता दिइने छ | त्यसका लागि अनलाइन फाराम भर्न र बाँकी रहेकाहरूले तल उल्लेखित सम्पर्क व्यक्तिहरूको सहयोगमा  https://forms.gle/pryfMdChxs2QHCPi6 लिंकबाट अनलाइन फाराम भरी पठाउन दूतावासले आग्रह गरेको छ |

हेर्नुहोस तल दिइएको स्थान र समयमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिनेछ :

१.दमाम  

शुक्रबार २५ डिसेम्बर २०२० बिहान ८ बजे देखि राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गरिने छ :

स्थानः मुगल रेस्टुरेन्ट  दमाम (पुरानो अल खयाम रेस्टुरेन्ट) ग्रिन सपिंग सेन्टर संगै

२. हायल

(अरार, सकाका क्षेत्रबाट धेरै संख्यामा आवेदन नपरेको हुँदा त्यस क्षेत्रका आवेदकहरू समेत हायल आउनु हुन अनुरोध छ)

शुक्रबार ०१ जनवरी २०२१ बिहान ८ बजे देखि

स्थानः गोर्खा होटल, हायल

सम्पर्क व्यक्तिः- शालिकराम पाण्डे  सम्पर्क नं. ०५६०९३७१३०

३. अल कासिम

शनिबार ०२ जनवरी २०२१  बिहान ८ बजे देखि

स्थानः- Hotel Sukari

बुराइदाको लागि सम्पर्क व्यक्तिः-  

विशाल श्रेष्ठ- ०५३५४७०२५३   योगेन्द्र श्रेष्ठ- ०५८३३७०२५०    

कृष्ण अधिकारी- ०५३२८९५३०८

ओनाइजाको लागि सम्पर्क व्यक्तिः 

विष्णु प्रसाद पाण्डे- ०५८१२५०७९२   कर्ण बहादुर नाल्बो- ०५५८०९५०९९

४. अल हासा

शुक्रबार ०८ जनवरी २०२१  बिहान ९ बजे देखि

सम्पर्क व्यक्तिः आफ्रोज अलाम

सम्पर्क नं. ०५३४४७०३२३

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो