२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारले ल्यायो कोरोना भाइरस विरुद्धको खोप,नेपाली श्रमिकले निशुल्क पाउछन ?

७ पुष २०७७, मंगलवार ११:४५

पुस,७ काठमाडौँ | विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्धको खोप कतारले ल्याएको छ | सोमबार राति फाइजर र बायो एनटेक कम्पनीको भ्याक्सिन ल्याएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

कतार सरकारले  पहिलो चरणमा निःशुल्क रुपमा वृद्धवृद्धा र फ्रन्टलाइनमा काम गर्नेलाई २३ डिसेम्बरदेखि निःशुल्क रुपमा खोप लगाउन थाल्ने बताएको छ | कतार  स्वास्थ्य मन्त्रालयका अनुसार, ७० वर्ष नाघेका दीर्घरोगी  र स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरु लाई पहिलो प्राथमिकतामा राखिने छ |

छनोटमा परेका व्यक्तिहरुलाई फोन र एसएमएसमार्फत जानकारी दिएर खोप लगाउनका लागि बोलाइने छ | आफ्नो देशमा रहेका सबै नागरिकलाई कतारले २०२१ भित्रमा  कोरोना बिरुद्धको खोप लगाउने बताएको छ |

यसअघि बेलायत,अमेरिका,क्यानडालगायतका देशहरुले प्रयोग अनुमति दिएर प्रयोगमा ल्याएका छन् | पछिल्लो समय बेलायतमा नयाँ प्रकारको कोरोना सङ्क्रमणदेखिएकोछ | वैदेशिक रोजगारीको लागि कतारमा झण्डै चार लाख रहेका छन् |

कतारमा सङ्क्रमितमध्ये धेरैजसो आप्रवासी श्रमिक रहेका छन् । कतार सरकारले त्यहाँ बस्ने हरेक व्यक्तिको  निःशुल्क रुपमा कोरोना विरुद्धको खोप लगाउने बताएको छ | कोरोनाभाइरसको संक्रमण अवस्थालाई रोकथाम गर्ने उदेश्यले विभिन्न देशहरुले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन,भने कोरोना भाइरस बिरुद्धको खोपलाइ पनि प्रयोगमा ल्याएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य