२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा रहेका नेपालीहरुका लागि अत्यन्त जरुरी सूचना

२०७७, ८ पुष बुधबार ०९:२८

पुस ८, काठमाडौँ | साउदी स्थित नेपाली दूतावासले दमाममा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय राख्ने भएको छ | सेवाग्राहीहरूको राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि यही शुक्रबार २५ डिसेम्बर २०२० मा अस्थायी कार्यालय राख्ने  भएको हो |

दूतावासले विभिन्न मितिमा अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको नामावली सार्वजनिक गर्दै राहदानी आवेदकहरू मात्र आउन अनुरोध गरेको छ | दमाममा रहेको मुगल रेस्टुरेन्ट (पुरानो अल खयाम रेस्टुरेन्ट) ग्रिन सपिंग सेन्टर संगै https://goo.gl/maps/ffw7cMGJAWRG3kzEA बिहान ८ बजे देखि अस्थायी कार्यालय संचालन हुने दूतावासले जनाएको छ |

राहदानी आवेदनका लागि आउँदा अनिवार्यरुपमा सक्कल राहदानी,राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति,नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी),राहदानी दस्तुर साउदी रियाल- २००।, ल्याउनुपर्ने छ | त्यस्तै राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।- तिर्नुपर्ने छ | 

कोभिड-१९ महामारीको विद्यमान अवस्था एवम् सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम संकलन गर्नुपर्ने भएका कारण एक घण्टामा १५ जनासम्मको मात्र राहदानी आवेदन संकलन गर्न सकिने दूतावासले जनाएको छ |

दूतावासले जारी गरेको सूचनामा भनिएको छ, "लिष्टमा उल्लेख भएको आफ्नो समयमा मात्र (उदाहरणको लागि लिष्टको सिरियल नं. २० मा नाम भएको व्यक्ति बिहान ९ बजेर १६ मिनेटमा उपस्थित हुने) राहदानी आवेदन संकलन केन्द्रमा उपस्थित हुनुपर्ने छ |"

अनलाइन फाराम भरी पठाएका सेवाग्राहीहरूको नामावली हेर्नुहोस 

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल