२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिसामा रोजगारीको लागि युएई नआउन दूतावासको आग्रह

२०७७, २८ माघ बुधबार ०५:४८

माघ २८, काठमाडौँ । भिजिट भिसामा रोजगारीको लागि संयुक्त अरब इमिरेट्स नआउन दूतावासको आग्रह गरेको छ । बुधबार एक सूचना जारीगर्दै पछिल्लो समय नेपालीहरु युएई भिजिट भिसामा आएर रोजगारीको खाजी गर्ने गरेको भन्ने जानकारी प्राप्त भएको भन्दै यस्तो भिसामा नआउन दूतावासको आग्रह गरेको हो ।  

बैदशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ ले बैंदेशिक राजगारीमा जान चाहनेले तोकिएको सरकारी निकायवाट श्रम स्वीकृति लिएर जानुपर्ने व्यवस्था गरेको छ । कानुन अनुसार भिजिट भिसामा आएर रोजगारी गर्न पाइदैन । 

त्यसको लागि श्रम स्वीकृति लिएपछि मात्रै विदेशमा रोजगारी गर्न पाइने व्यवस्था भएपनि भिजिट भिसामा आउने गरेको पाइएको दूतावासले जनाएको छ । यसरी भिजिट भिसामा आउनेहरू ठगीमा परेको, रोजगारी नपाएर अलपत्र परेको वा अन्य विभिन्न समस्या र अष्ट्याराहरूमा समेत पर्ने गरेका छन् । 

भिजिट भिसामा आउने क्रममा ठगीमा पर्ने,आइसकेपछि अलपत्र छोडिदिने वा नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करको जालमा समेत पर्न सक्ने जोखिम रहेको छ । 

 'भिजिट भिसामा आउने क्रममा विभिन्न किसिमका ठगीमा पन्ने यहाँ आइसकेपछि, अलपत्र छोडिदिने वा नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करको सवालमा समेत पर्न सक्ने जाखिम रहन्छ ।' दूतावासले भनेको छ, 'कसैको ललाइफकाइ वा आश्चासनमा परेर रोजगारीको लागि भिजिट भिसामा यँहा नआउन र यसरी आउन प्रोत्साहन नगर्न सम्बन्धित सबैलाई जानकारीका साथै अनुरोध गरिन्छ ।'

भिजिट भिसामा विदेश आएर कुनै समस्या परेमा,खाने, बस्ने समस्या नभएमा,विरामी परेमा,मृत्यु भएमा,ठरगीमा परेमा वा कुनै कानूनी झमेला परेको खण्डमा वैदेशिक रोजगार कल्याणकारी कोषबाट समेत सहयोग नहुने दूतावासले जनाएको छ । 

अलपत्र परेको वा भनेजस्तो काम नपाएको खण्डमा सम्बन्धित मेनपावर कम्पनी वा अन्य निकायलाई जिम्मेवार बनाउने अवस्था पनि नरहने दूतावासले बताएको छ । 

दूतावासले कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा आउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री