२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएईमा रहेका नेपालीहरुका लागि राहदानी सम्बन्धी सूचना

३० माघ २०७७, शुक्रबार ०७:१०

माघ ३०, काठमाडौँ । सयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले राहदानीका लागि आवेदन दिंदा हुलाक तथा कुरियर सेवाको माध्यमबाट पठाउन् अनुरोध गरेको छ । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै फागुन २ गते देखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउन दूतावासले भनेको हो । 

राहदानीको लागि फाराम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातहरू दूतावासको वेभसाइटमा उल्लेख गरिएको जनाएको छ । 'कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै यस राजदूतावासमा राहदानी (Passport) का लागि आवेदन दिने युएइमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले मिति २०७७ फागुन २ गते आइतबारदेखि लागू हुनेगरी हुलाक तथा कुरियर सेवाको माध्यमबाट आवेदन पठाउनुहुन हार्दिक अनुरोध गरिन्छ। दूतावासले सूचनामा भनेको छ ,'राहदानीको लागि फाराम भर्ने, राजश्व तिर्ने तथा साथमा पठाउनुपर्ने आवश्यक कागजातहरूका सम्वन्धमा यस राजदूतावासको वेभसाइटमा बिस्तृतरूपमा उल्लेख गरिएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।'

दूतावासका अधिकांश कूटनीतिक तथा स्थानीय कर्मचारीहरू कोभिड-१९ बाट सङ्क्रमित भएकाले सेवाग्राहीहरूको सुरक्षा र सुविधालाई समेत मध्यनजर गर्दै सेवालाई सकेसम्म भौतिकसम्पर्क कम गर्दै थप ब्यवस्थित, सुरक्षित र चुस्त बनाउने प्रयास भइरहेको दूतावासले जनाएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य