२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसकारण इजरायलको रोजगारीमा जान पाएनन् नेपाली

६ फाल्गुन २०७७, बिहीबार ०२:५१

फागुन ६,काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समयमै कार्यविधि तयार नगर्दा इजरायलको रोजगारीमा नेपालीहरू जान पाएका छैनन् ।

त्यहाँको रोजगारीमा नेपालीहरू पठाउन सबै तयारी सकिए पनि मन्त्रालयबाट कार्यविधि तयार नगरिदिँदा आवेदन लिन कठिन भएको वैदेशिक रोजगार विभागका अधिकारीहरूको भनाइ छ । सरकारले इजरायलमा कामदार पठाउन पछिल्लो समय दुईपटकसम्म विभिन्न सम्झौता गरेको थियो ।

विभागका महानिर्देशक कुमार दाहालले भने, ‘श्रम मन्त्रालयले कार्यविधि नै पठाएन, आवेदन लिन हामी तयारी अवस्थामा छौं ।’

उनका अनुसार रोजगारीका लागि इजरायल जान चाहने नेपालीका लागि अनलाइनबाटै आवेदन दिन सक्नेगरी विभागले प्रणाली तयार गरेको छ ।

अनलाइन आवेदनका लागि आवश्यक पर्ने सफ्टवेयर बनाउने काम पूरा भएको र कार्यविधि आउनासाथ आवेदन खुला गरिने दाहालको भनाइ छ । ‘इजरायलले नेपाली कामदार छिटो लैजान चासो दिएकाले विभागले पनि त्यसैअनुसार काम गरिरहेको थियो । तर, के–कसरी कामदार पठाउने भन्नेबारे मन्त्रालयले सबै कुरा खुलाएर कार्यविधि पठाउनुपर्नेमा अझैसम्म पठाएको छैन,’ उनले भनाइ छ ।

श्रममन्त्रालयका एक उच्च अधिकारीले कार्यविधिको मस्यौदा तयार भए पनि मन्त्रालयका कतिपय अधिकारीको स्वार्थका कारण अघि बढ्न नसकेको बताएका छन् । उनका अनुसार तत्काल कार्यविधिको मस्यौदा अघि बढ्ने छाँटकाट देखिँदैन ।

वैदेशिक रोजगार विभागले तयार गरेको अनलाइन प्रणालीमार्फत आवेदन खुला गरेपछि रोजगारीका लागि इजरायल जान इच्छुक कामदारले आफै घरबाटै आवेदन दिन सक्नेछन् ।

आवेदन खुलेसँगै पहिलो चरणमा ५०० नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा   विजय दमासेले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य