२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा राजदुत हुँदा डा. महेन्द्र प्रसाद सिंह राजपुतको कार्यकालमा के के भए काम ?

३० जेष्ठ २०७८, आईतवार ०५:२८

जेठ ३०, काठमाडौँ । साउदी अरबस्थित नेपाली दूतावासमा चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किएका निवर्तमान राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले आाफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध सुधार र वैदेशिक रोजगारमा जाने कामदारको अधिकतम हित गरेको बताएका छन् । बिहीबार स्वदेश फर्किएका राजदूत सिंहले आफ्नो फेसबुकमार्फत आफुले गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । 

आफ्नो कार्यकालमा चार जना नेपाली कामदारलाई भएको फाँसीको सजाय माफ गराएको, अदक्ष नेपाली श्रमिकको न्यूनतम तलव एक हजार साउदी रियाल र खाना तीन सय गरी १३ सय पुर्याएको भन्दै निवर्तमान राजदूत डा. सिंहले त्यसअघि कार्यान्वयन हुन नसकेको न्यूनतम तलव आठ सय रियाल र  खाना वापतको थप तीन सय रियालको सुविधालाई बढाएर १३ सय पुर्याउनु उल्लेख्य रहेको दाबी गरेका छन् ।

अस्पताल, मदरसा र विश्वविद्यालय बाहेकका स्थानमा महिला क्लिनरको डिमाण्ड प्रमाणीकरण बन्द गराएको, दुई हजार बढी गैर कानूनी हैसियतका नेपालीलाई एक वर्षमा स्वदेश पठाएको, ट्राफिक दुर्घटनामा निधन भएका नेपाली कामदारको लामो समयदेखि थाती रहेका ८ सय २० फाइलहरूमध्ये मुद्दा दायर गरी ५ सय ७० फाइल फैसला गराइ एक करोड ४९ लाख ९० हजार ९ सय ८८ साउदी रियाल क्षतिपूर्ति रकम नेपाल पठाएको, कोभिड–१९ को पहिलो चरणमा १८ हजारभन्दा बढी नेपाली कामदारलाई स्वदेश पठाएको, सोही चरणमा गाँसबास गुमाएका हजारौं कामदारलाई एनआरएनए लगायत विभिन्न संघ, संस्था र व्यक्तित्वको सहयोगमा गाँसबास, औषधि उपचार र केहीलाई नेपाल पठाउने टिकटको व्यवस्था समेत गरिएको उनले स्मरण गरेका छन् ।

त्यसैगरी १८ वर्षदेखि सम्पर्कविहीन रहेका टेक बहादुर रक्साकोटीलाई उद्धार गरी नेपाल पठाएको, दुर्घटनामा परी अपांग हुन पुगेका बेज बहादुर भुजेललाई उनले अस्पताललाई तिर्नुपर्ने ८ लाख २३ हजार साउदी रियाल अस्पतालबाट माफ गराई स्वदेश पठाइएको घटना पनि महत्वपूर्ण उपलब्धीका रुपमा औंल्याएका छन्  ।  महाभुकम्पपछिको पुनर्निर्माणका लागि साउदी सरकारबाट तीन अर्ब तीस करोड भन्दा बढी आर्थिक सहयोग प्राप्त गराएको र राजदूतावासका लागि त्यहाँको कुटनैतिक क्षेत्राभित्र जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको जस्ता घटनाले साउदी नेपाल मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ र फलदायी हुन पुगेको उनको भनाइ छ । 

दूतावासका फाइलहरू डिजीटल प्रविधिमा राख्ने कामको प्रारम्भ, ड्यासबोर्डको निर्माण, अनलाइन डिमाण्ड प्रमाणीकरणको शुरुवात र नियोगको भौतिक सुधार गर्दै दयनीय अवस्थामा रहेको शेल्टरहरूलाई भत्काई सुरक्षित महिला र पुरूष शेल्टर निर्माण, नयाँ रिशेप्सन र बैठक कक्ष निर्माणदेखि मुस्लिम धर्मावलम्बीहरूका लागि प्रार्थना कक्षको व्यवस्था आदिलाई पनि आफ्नो कार्यकालको उपलब्धीका रुपमा औंल्याउदै सिंहले नेपालको हज कोटामा तीन सयको वृद्धि, ईद र ईफ्तार समारोह, विभिन्न विश्वविद्यालयहरूमा भ्रमण गरी पदाधिकारीहरू र नेपाली मुस्लिम विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कको थालनी आदि कार्य पनि भएको उल्लेख गरेका छन् ।

राजदूतको गरिमामय जिम्मेवारीका लागि नेपाल सरकारप्रति आभार प्रकट गर्दै सिंहले साउदी नरेश सलमानबाट नेपाली जनताका लागि शुभेच्छा प्रदान गरिएकोमा आभार व्यक्त गरेका छन् । उनले आफ्नो चार वर्षे कार्यकालमा उपनियोग प्रमुखहरू आनन्द प्रसाद शर्मा र दिलीप पौडेलसहित श्रम सहचरीदेखि साउदी अरबमा क्रियाशील नेपाली समुदायप्रति सम्मान र आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो