२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीका लागि १० महिनामा १ लाख ६६ हजार विदेशिए, कुन देशमा कति ?

२ असार २०७८, बुधबार ०८:२४

मनोज पराजुली । असार २, काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा १ लाख ६६ हजार भन्दा धेरै  नेपालीहरु वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा संस्थागत, व्यक्तिगत-नयाँ, पुन: श्रम स्वीकृति र वैधानिकरण गरी श्रम स्वीकृति लिएर १ लाख ६६ हजार ५ सय ६६ जना नेपालीहरु  विदेशिएका हुन् । जसमध्ये नयाँ श्रम स्वीकृति लिएर ७७ हजार १२ जना र पुनः श्रम स्वीकृति लिएर ८९ हजार ५ सय ५४ जना विदेशिएका छन् । गत आर्थिक वर्ष २०७६/७७ को १० महिनाको अवधिमा नेपालबाट नयाँ श्रम स्वीकृति लिएर १ लाख ९३ हजार ८ सय ८० नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए । 

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीले गर्दा  वैदेशिक रोजगार क्षेत्र प्रभावित बन्दा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकरण) लिनेको संख्या ६०.३ प्रतिशतले घटेको हो । राष्ट्र बैंकले तथ्याङ्क अनुसार गत वर्षको १० महिनाको तुलनाको अवधिमा चालु आवको सोही अवधिमा ६०.३ प्रतिशतले गिरावट आएको देखाएको हो । 

कोरोना भाइरस महामारीका कारण श्रम गन्तव्य मुलुकहरु मलेसिया, कुवेत लगायत देशले नेपालबाट श्रमिक लिएका छैनन् । कतार, साउदी, ओमान, युएई (सरकारी र गैरसरकारी क्षेत्रमा मात्र) लगायत देशले नेपालबाट श्रमिक  लगेपनि अन्तर्राष्ट्रिय उडान बन्द, लकडाउन र निषेधाज्ञाले गर्दा वैदेशिक रोजगार प्रभावित बन्दै आएको छ ।

पुनः श्रम स्वीकृति लिनेको संख्या पनि चालु आवमा ४९ प्रतिशतले घटेको छ । गत वर्षको १० महिनाको अवधिमा पुनः श्रम स्वीकृति लिएर जाने युवाको संख्या १ लाख ७५ हजार ५ सय ५१ जना थियो भने चालु आवमा सो संख्या घटेर ८९ हजार ५ सय ५४ जनाले मात्रै पुन: श्रम स्वीकृति लिएका छन् । 

कुन देशमा कति ?

 चालु आवको १० महिनाको अवधिमा श्रम स्वीकृति लिएर विदेश जानेको संख्याको आधारमा कतार एक नम्बरमा परेको छ । १८ हजार ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति र २८ हजार ६ सय ८४ जनाले पुन श्रम स्वीकृति लिएर कुल ४७ हजार ५७ जना कतारमा गएका छन् ।

४५ हजार ८ सय ५६ जनाले श्रम स्वीकृति लिएर  युएई गएका छन् । त्यस्तैगरी ४४ हजार ८ सय १३ जनाले श्रम स्वीकृति लिएर साउदी अरब गएका छन् । मलेसियामा ५ हजार १ सय ४३, बहराइनमा ४ हजार ५ सय १०, ओमन ३ हजार ५०, कुवेतमा २४ सय ४१ जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएर नेपालीहरु विदेशिएका छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो