२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएई उडान जुलाई २१ सम्म रोकियो

२०७८, १३ असार आईतवार ०२:५१

असार १३, काठमाडौँ | यूएईले नेपाली उडानलाई जुलाई २१ सम्म रोकेको छ । नेपालमा कोरोना महामारी बढेको कारण युएईले नेपालीलाई युएई प्रवेशमा रोक लगाएको थियो । 

युएई नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये एक हो । संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाली उडानलाई करिब थप एक महिना रोक्ने भएपछि वैदेशिक रोजगारमा युएई जान चाहेकाहरु प्रभावित भएका छन् । युएईले नेपाल अझै कोरोना संक्रमणको 'उच्च जोखिम' रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाइसम्म लम्ब्याएको  हो । युएईले नेपालीलाई ७ जुलाइसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेकोमा उक्त मितिलाई दुई साता लम्ब्याएर जुलाई २१ सम्म सारेको छ । 

यूएईले नेपालीसहित भारतीय, पाकिस्तानी, बंगलादेशी, श्रीलंकाली, कंगोली, युगान्डाली, लाइबेरियाली, नामिबियाली, सिएरालिओनी, जाम्बियाली, भियतनामी, नाइजेरियाली र दक्षिण अफ्रिकी गरी १३ देशका नागरिकलाई जुलाई २१ ( साउन ६ ) सम्म प्रवेश रोकेको छ । तर चार्टर जहाज र कार्गो विमान भने उड्न पाउनेछन् । त्यस्तै दुवै डोज खोप लगाएका नेपालीले भने प्रवेश पाउनेछन् ।

अहिले नेपालबाट युएई एकतर्फी उडान शुरु भएको छ । जसले महामारीका कारण यूएईमा रोकिएका, अलपत्र परेका श्रमिकलाई उद्धार गर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ