२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोली जुलाई १ देखि अन्तर्राष्ट्रिय उडान कसरी हुँदैछन् ? क्वारन्टीनको प्रावधान के छ ?

१६ असार २०७८, बुधबार १४:०९

असार १६, काठमाडौँ | नेपाल सरकारले कोरोना महामारीपछि सिमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरु गरिरहेको छ । हाल चार्टर्ड उडान समेत भईरहेकोमा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १ बाट नियमित उडानहरूलाई मात्र प्राथमिकतामा राखेर उडान हुने जानकारी प्राप्त भएको छ ।

नेपाल बिस्तारै खुकुलो हुँदै गर्दा पछिल्लो समय नेपालमा कोरोनाभाइरसको डेल्टा प्लस भेरिअन्ट देखा परेको भन्दै टर्कीले नेपालसहित सातवटा देशबाट अर्को सूचना नभएसम्मका लागि यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने जनाएको छ ।

जुलाई १ देखिको उडान तालिका 


जुलाई १ बाट लागु हुने भनिएको उडान तालिकाअनुसार हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ ।

त्यसैगरी आइतवार, सोमवार, बुधवार र शनिवार कतारको दोहाका लागि उडान हुनेछ । त्यसमा नेपाल वायुसेवा निगमले दुईवटा र कतार एअरवेजले दुईवटा उडान भर्नेछन् ।

त्यस्तै संयुक्त अरब एमेरिटेसको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा र सारजाह विमानस्थलमा एउटा उडान हुनेछ ।

त्यस्तै साउदी अरेबियाको दमाम विमानस्थलमा हिमालय एअरलाइन्सको दुईवटा उडान हुने र कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा उडान सञ्चालन गरिनेछ । 

ओमानको मस्कटमा एउटा, मलेशियाको क्वालालम्पुरमा साताको तीनवटा र जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा उडान गर्नेछ ।

त्यस्तै टर्कीको इस्तानबुलमा दुईवटा उडान गर्ने योजना सम्बन्धित देशको सरकारको पछिल्लो निर्णयका कारण प्रभावित नहुने बताइएको छ । टर्कीस एअरलाइन्सले जनाएअनुसार यात्रुहरूलाई टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरी अरू देश जान दिइने भएकाले काठमाडौँ-इस्तानबुल उडान तालिका कायमै रहनेछ ।


हाल पहिलेनै अनुमति पाएका चार्टर्ड उडान भईरहेपनि जुलाई १ देखि चार्टर्ड उडान नभई सबै नियमित उडान तालिकाअन्तर्गत नै रहने प्राधिकरणले जनाएको छ । 


पछिल्लो पटक भएको मन्त्रीपरिषदको निर्णय अनुसार दुवै डोज खोप लगाएकाहरु वा पीसीआर नेगेटिभ प्रमाणित भएको पुष्टि हुने आधिकारिक प्रमाण जनाउने कागजपत्रसहित नेपाल आउने व्यक्तिहरूले अनिवार्य रूपमा घरमा नै १० दिन क्वारन्टीनमा बस्ने सहमतिपछि सोझै घर जान दिइनेछ ।

संशोधित मापदण्डमा आफन्त बितेर अन्तिम संस्कारमा सहभागी हुन आएका व्यक्तिहरू अस्पताल र वडा कार्यालयको सिफारिससहित नेगेटिभ एन्टीजन प्रमाणपत्र भएका व्यक्तिहरू, आधिकारिक सिफारिस सहितका सरकारी कर्मचारी र कूटनीतिक नियोगका अधिकारी लगायतलाई १० दिन घरमा बस्न मिल्नेगरी जान दिइने छ । तोकिएका बाहेक अन्य सबैले भने सात दिनको होटल बुकिङको प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो