२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी जाँदै हुनुहुन्छ ? यस्तो छ दुतावासको अनुरोध

७ श्रावण २०७८, बिहीबार ०४:५३

साउन ७, काठमाडौं । साउदी स्थित नेपाली दूतावासले छुट्टीमा नेपाल आएका र पुन: रोजगारीका लागि साउदी अरब फर्किन चाहने नेपालीलाई जोनसन एण्ड जोनसनको खोप लगाउन सूचित गरेको छ । 

दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै साउदी अरबमा फाइजर, अष्ट्राजिनेका, मोडेर्ना र जोनसन एण्ड जोनसनको खोपले मान्यता पाएको जनाएको हो । नेपालमा फाइजर तथा मोडेर्नाको खोप हालसम्म उपलव्ध छैन भनें अष्ट्राजिनेकाको भारतीय साझेदार कम्पनी सिरम ईस्न्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड पनि हाल उपलव्ध छैन ।

दूतावासले एक विज्ञप्ती जारी गर्दै छुट्टीमा नेपाल आएकाहरुले भिषा र राहदानी देखाएर जोनसन एण्ड जोनसनको खोप लगाउन सक्ने तथा सो खोप लगाएको १४ दिन पश्चात साउदी अरब आउँदा संस्थागत क्वारेण्टिनमा बस्न नपर्ने स्पष्ट पारेको छ । वैदेशिक रोजगारमा जानेहरुलाई चर्को हवाई टिकटका साथै संस्थागत क्वारेण्टिनमा धेरै दिन बस्नुपर्दा निक्कै महँगो पर्दै आएको छ ।

दूतावासले फाइजर, अष्ट्राजिनेका र मोडेर्ना खोपको दुवै डोज वा जोनसन एण्ड जोनसन कम्पनीको एक डोज लगाएको १४ दिन कटेको भएमा, फाइजर, अष्ट्राजिनेका र मोडेर्ना खोपको पहिलो डोज लगाएको १४ दिन कटेको भएम वा कोरोना संक्रमण भएर निको भएको ६ महिना नकटेको भएमा संस्थागत क्वारेण्टिनमा बस्नु नपर्ने स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो