२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा विदेशी श्रमिकलाई शोषण गर्ने कम्पनीको अनुसन्धान गर्न माग

२०७८, १५ श्रावण शुक्रबार ०४:२३

साउन १५, काठमाडौं । मलेसियामा नेपाली लगायतका आप्रवासी श्रमिक माथि श्रम शोषण गरेको अभियोग लागेको गुड ईयर टायर कम्पनीका बारेमा अनुसन्धान गर्न अधिकारकर्मीहरुले माग गरेका छन् । मलेसियामा सञ्चालनमा रहेको अमेरिकी कम्पनी गुड ईयरले गरेको शोषणका विषयमा अमेरिकाको सम्वन्धित सरकारी निकायले यसका बारेमा अनुसन्धान गर्नुपर्ने माग उनीहरुले गरेका हुन् ।

रोयटर्सका अनुसार हङकङ स्थित मानव तस्करी विरुद्द कार्यरत समूहले गत जुन महिनामा नै अमेरिकाको सम्वन्धि सरकारी निकायमा उजुरी गरेको छ । सो समूहले गुड ईयर टायरले विदेशी श्रमिकलाई बढी समय काम गराएको, ओभरटाइम वापतको रकम नदिएको, जवर्जस्ती काममा लगाएको लगायतका विषयमा श्रमिकहरुले नै स्थानीय अदालतमा मुद्दा हालेको र अदालतले समेत श्रमिकको पक्षमा फैसला गरेको भन्दै सो कम्पनीको बारेमा अनुसन्धान गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ । दक्षिण पूर्वी एसियामा अवस्थीत कुनै अमेरिकी कम्पनी विरुद्दको यस्तो घटना सार्वजनिक भएको सम्भवत पहिलो घटना यहि हुन सक्ने रोयटर्सले जनाएको छ ।

समूहका कार्यकारी निर्देशक डुकान जेपसनले श्रमिकले बताएको घटना विवरणले सो कम्पनीले अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को बाध्यकारी श्रम सन्वन्धि मापदण्ड मिचेको पुष्टि हुने बताएका छन् । आईएलओले भनें यो विषय हाल प्रहरी तथा अन्य निकायमा न्यायिक निरुपणको प्रकृयाका क्रममा रहेको भन्दै प्रतिकृया दिन नचाहेको रोयटर्सको समाचारमा उल्लेख छ । गुड ईयर कम्पनी टायर निर्माण गर्ने संसारका ठूला कम्पनीहरु मध्ये एक हो ।

यस अगाडी मलेसियामा ग्लोव्स निर्माण गर्ने कम्पनीहरुले यसरी नै श्रमिकलाई ठगि गरेको तथा उनीहरुल चर्को भर्ना शुल्क व्यहोर्नु परेको समाचार सार्वजनिक भएपछि अमेरिकाले ति कम्पनीको उत्पादनको विक्रिमा बन्देज लगाएको थियो । सोही बन्देजका कारण ति कम्पनीहरु आफ्नो कम्पनीमा कार्यरत तथा रोजगारी सकेर स्वदेश फर्किसकेका विदेशी श्रमिकलाई समेत उनीहरुले तिरेको भर्ना शुल्क फिर्ता दिन बाध्य भएका थिए । टप ग्लोव्स, डव्लुआरपी, हार्टालेगा लगायतका कम्पनीहरुले हाल पनि सो रकम फिर्ता गरिरहेका छन् ।

गुड ईयर कम्पनीलाई पनि औद्योगिक क्षेत्रको विषय हेर्ने अदालतले श्रमिकलाई उनीहरुले पाउनु पर्ने अतिरिक्त समय काम गरेको अतिरिक्त ज्याला लगायतका सुविधा उपलव्ध गराउन आदेश दिइसकेको छ । सो कम्पनी विरुद्द सोही कम्पनीमा कार्यरत नेपाली लगायत विभिन्न मुलुकका दर्जनौं श्रमिकले स्थानीय प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले सोही आधारमा मुद्दा चलाएको थियो । तर सो कम्पनीले अदालतका आदेश विरुद्द उच्च अदालतमा पुनरावेदन गरेको छ । गुड ईयर कम्पनीले भनें मानव अधिकार रक्षाका लागि आफ्नो संस्थाको बलियो नीति रहेको दावी गर्दै आएको छ । यो समाचार देशपरदेशमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ