२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार जान लागत बढ्ने: खोप लगाए पनि क्वारेन्टिन बस्नैपर्ने, खोप नलगाए जान पाइदैन

२०७८, १७ श्रावण आईतवार ०३:०५

साउन १७, काठमाडौं | कतारले कोरोना विरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लगाएपछि वैदेशिक रोजगारमा जाने नेपालीहरु त्यसबाट प्रभावित हुने भएका छन् । कतारले यसअघि कोरोना विरुद्धको खोप लगाएकाहरुलाई क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको थियो भने खोप नलगाए पनि कतार प्रवेश दिने निर्णय गरेको थियो । 

नेपालमा जोनसनएण्ड जोनसन खोप लगाएर वैदेशिक रोजगारमा जान ठिक्क परेका युवाहरुलाई कतारको नयाँ नियमले प्रभाव पार्ने भएको छ । खोप लगाएपछि कतारमा क्वारेन्टिन बस्नु नपर्ने यस अघिको नियमले ढुक्क भई बसेकाहरु समेत नयाँ नियमले समस्यामा पर्ने भएका छन् । खोप लगाएर कतार जाने तयारीमा रहेकाहरुलाई अब होटल बुकिङ गर्नु पर्ने भएको कारण समस्या थपिएको हो । जसको कारण कतार जान लागत बढ्ने बुझिएको छ । केहि कम्पनीले कामदारको क्वारेन्टिन खर्च आफै व्यहोर्ने भए पनि सबै कम्पनीले कामदारको क्वारेन्टिन खर्च नव्यहोर्ने भएको कारण विदेशिने नेपाली कामदार आफैलेनै खर्च व्यहोर्नुपर्ने हुन्छ । क्वारेन्टाइन बुकीङ गर्न नेपालबाट कतार जाने हवाई टिकटसँगै गर्नुपर्ने भएको कारण पनि समस्या बढ्ने देखिएको छ । 


नयाँ नियम अनुसार कतार जाने बिदेशीले अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्छ । खोप लगाएपनि क्वारेन्टिन बस्नुपर्ने नियमले नेपाली युवाहरु विदेश जाँदा आर्थिक भार थपिएको छ । जसको कारण नेपालको अर्थतन्त्र समेत प्रभावित हुने भएको छ । नेपाली युवाहरुको पैसा क्वारेन्टिनको नियमको कारण विदेशिने अवस्था आउँदा अर्थतन्त्रमा समेत प्रभाव देखिन्छ । 

वैदेशिक रोजगारमा जाने युवाहरुलाई अन्तर्राष्ट्रिय उडानमा समेत मनपरी भाडा अशुलिएको छ । सम्बन्धित देशमा रहेका नेपाली दुतावासहरुले समेत क्वारेन्टिनको लागि रोजगारदाता कम्पनीलेनै क्वारेन्टिनको व्यवस्थापन गर्नुपर्ने कडा पहल लिन नसकेको कारण विदेशिने कामदार आफैले क्वारेन्टिनको पैसा बुझाउन बाध्य भएको बताएका छन् ।

कतारले ९ जुलाइदेखि  धेरै क्षेत्रहरुमा फुकुवा गरेपछि रोजगारीको अवसर बढेको भएपनि नयाँ नियमको कारण विदेश जाँदा थप लागत बढ्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ