२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा तीव्र रुपमा कोरोना संक्रमण बढ्दै, नेपालीका लागि मलेसिया रोजगारी थप अनिश्चित

२०७८, १९ श्रावण मंगलवार ०६:२१

साउन १९, काठमाडौं । नेपालीको एउटा मुख्य श्रम गन्तव्य मुलुक मलेसियामा पछिल्लो समयमा कोभिड-१९ (कोरोना) का संक्रमितको संख्या निरन्तर उकालो लागेको छ । मलेसियाले खोप अभियानलाई तिव्रता दिइरहेको समयमा संक्रमितको संख्या पनि दैनिक उच्च गतिमा वृद्धि भइरहेको छ ।

कोभिड-१९ का संक्रमितहरुको तथ्याङ्क सार्वजनिक गर्ने अनलाइन वल्र्डओमिटरका अनुसार पछिल्ला केहि दिनयता मलेसियामा दैनिक १५ हजारभन्दा धेरै संक्रमित फेला परिरहेका छन् । मलेसियाको स्वास्थ्य मन्त्रालयले सोमवार मलेसियामा १५ हजार ७ सय ६४ जना नयाँ संक्रमित फेला परेको जनाएको छ । आइतवार भनें १७ हजार १ सय ५० जना संक्रमित मलेसियामा फेला परेका थिए । शनिवार १७ हजार ७ सय ८६ जना संक्रमित फेला परेका थिए । मलेसियामा हालसम्म ११ लाख ४६ हजार व्यक्तिलाई कोभिडको संक्रमण भइसकेको छ । त्यसमध्ये ९ लाख ३७ हजारको हाराहारी भनें निको भइसकेका छन् ।

संक्रमित फेला पर्ने क्रम बृद्दि भएसँगै मृत्यु हुनेहरुको संख्या पनि बढेको छ । सोमवार कोरोनाको संक्रमणका कारण २ सय १७ जनाले मलेसियामा ज्यान गुमाएका थिए । आइतवार १ सय ६० जनाको ज्यान गएको थियो । हालसम्म मलेसियामा कोभिडका कारण ९ हजार ४ सय ३ जनाले कोरोनाको संक्रमण भएर ज्यान गुमाएका छन् ।

यसैबीच मलेसियाले आफ्ना वयस्क नागरिक मध्ये ३० प्रतिशतलाई पूर्ण खोप लगाइसकेको जनाएको छ । मलेसियाका स्वास्थ्यमन्त्रीले सोमवार एकै दिन ४ लाख ६८ हजार भन्दा बढी व्यक्तिलाई खोप लगाएपछि यस्तो बताएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । हालसम्म मलेसियाले पहिलो र दोश्रो मात्रा गरेर २ करोड १६ लाख ६८ हजार ९ सय ९९ मात्रा खोप लगाइसकेको जनाएको छ ।

मलेसियामा कोरोना संक्रमणदर तिब्र बढेसंगै नेपालीहरुको लागि मलेसिया रोजगारी थप अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ