मंसिर ८, काठमाडौं | उच्च शिक्षामा जान चाहने विद्यार्थीलाई जापान र अस्ट्रेलियाले प्रवेशाज्ञा (भिसा)दिने भएको छ । कोरोनाका कारण बन्द रहेको ती दुई वैदेशिक गन्तव्य खुला हुने भए पछि नेपाली विद्यार्थीलाई राहत हुने भएको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर कम भएसँगै अष्ट्रेलिया र जापानले भिसा अनुमति दिने भएको हो । यी दुवै मुलुक उच्चशिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् ।
अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि आवागमन खुला गर्ने निर्णय गरेको छ ।
त्यस्तै गरी जापान सरकारले पनि नोभेम्बर ८ तारिखदेखि लागू हुने गरी विदेशीका लागि पर्यटक भिसाबाहेक अन्यका लागि बोर्डर खुला गरिसकेको छ । यो सँगै अष्ट्रेलिया र जापानमा उच्च शिक्षा अ अध्ययनका लागि जाने नेपाली विद्यार्थीका लागि राहत भएको छ ।