५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोमानियाको कामदार भिसामा नेपालीहरु जान पाउने

१० मंसिर २०७८, शुक्रबार ११:०७

मंसिर १०, काठमाडौं | रोमानियाको कामदार भिसामा नेपालीहरु जान पाउने व्यवस्था लागु हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले नेपालबाटै भिसा आवेदन गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् । 

वैदेशिक रोजगारीका लागि रोमानिया जाने नेपाली कामदारको भिसा प्रक्रियाका लागि हाल भारतको राजधानी नयाँ दिल्ली जानुपर्ने बाध्यता रहेको छ । भिसा प्रक्रियाका लागि लामो समय नयाँदिल्लीमा बस्नुपर्दा लागतसमेत अनावश्यक रूपमा बढ्ने गरेकोे छ । 

बिहीबार शिष्टाचार भेटमा आएका नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनसँगको कुराकानीमा मन्त्री श्रेष्ठले उक्त आग्रह गरेकोे मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।

मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुई पक्षीय चासोका साथै रोजगारीका लागि रोमानिया जान चाहने नेपालीहरुले भिसा प्रक्रियाका बारेमा छलफल भएको थियोे । 

पछिल्लो पाँच वर्षमा  नेपालबाट  ७ हजार ६ सय १८ जना रोमानिया गएका छन् । रोमानियाका लागि गत असोज महिनामा २ सय ९ जना र कात्तिकमा २ सय ५० जनाको श्रम स्विकृति भएको छ ।

मन्त्री श्रेष्ठले नेपालबाट रोमानिया जाने नेपालीको संख्या बढिरहेको भन्दै रोमानियाको रोजगारीप्रति नेपालीको चासो बढेको बताएका थिए । नेपालले रोमानियासँग श्रम सम्झौता गर्न चाहेको र नेपालले पठाएको श्रम सम्झौताको मस्यौदामा रोमानिया सरकारले सकारात्मक प्रतिक्रिया जनाएकोमा धन्यवाद व्यक्त गर्दै मन्त्री श्रेष्ठले नेपाल रोमानियासँग आपसी समझदारीमा काम गर्न ईच्छुक रहेको जानकारी दिएका थिए ।

नेपाल र रोमानियाबीच सन् १९६८ मा द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता