२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा जानेलाई क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न विभागको अनुरोध

२०७८, २५ फाल्गुन बुधबार ०८:४१

फागुन २५, काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एसएमएस वा इमेलमार्फत प्राप्त क्युआर कोडसहितको ई –स्टिकर साथैमा बोक्न अनुरोध गरेको छ । 

आजदेखि लागू हुने गरी श्रमिकले पेस गरेको ई स्टिकरको प्रतिमा छाप लगाउन नपर्ने नियम ल्याएको विभागले जनाएको छ । 

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागको श्रम डेस्कबाट अब वैदेशिक रोजगारीमा जाने श्रमिकको ई स्टिकरमा यस अघिजस्तो छाप नलगाइने भएको छ ।

पछिल्लो समय श्रमिकले अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने र स्टिकर पनि इमेल वा मोबाइलमा एसएमएसमार्फत प्राप्त हुन्छ । यसरी प्राप्त ई –स्टिकर सिधै रोजगारीमा जाने दिन विमानस्थलमा श्रम डेस्कमा देखाए पुग्छ ।

प्राप्त ई स्टिकर मोबाइलमा डाउनलोड गरेर वा त्यसलाई प्रिन्ट गरेर साथैमा राख्न र विमानस्थलमा श्रम डेस्कमा मोबाइलमा भएमा मोबाइलमार्फत नै पेस गर्न विभागले सूचना जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु