वैशाख २५, काठमाडौ | युरोपका विभिन्न मुलुकमा रोजगारीको लागि पठाईदिने भन्दै ४ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले एक सञ्चालकविरुद्ध मुद्दा दायर गरेकोे छ । विभागले ठगी गरेको आरोपमा जेन्युन एजुकेसन एण्ड कन्सल्टेन्सी प्रालिका सञ्चालक सुजन भट्टराईविरुद्व न्यायाधिकरण मुद्दा दायर गरेकोे हो।
विभागले कन्सल्टेन्सीका सञ्चालक भट्टराईसहित मेख बहादुर गुरुङ र सुनिल लम्साललाई पनि ठगी मुद्दामा विपक्षी बनाएको छ । उनीहरूलाई विभागमा खटिएको नेपाल प्रहरीको डिएसपी कमाण्डको टोलीले गत चैत २८ गते पक्राउ गरेको थियोे ।
विभागले दिएको जानकारी अनुसार उनीहरुले पोर्चुगल, स्पेन र फ्रान्ससहितका अन्य मुलुकमा वैदेशिक रोजगारमा लैजाने भन्दै प्रतिव्यक्ति १७ लाख ९२ हजार रूपैयाँसम्म ठगी गरेकोे जानकारी दिए।
२२ जनाबाट असुली गरेकोे २ करोड ८८ लाख ४१ हजार ७ सय र त्यसको ५० प्रतिशत हर्जनासहित ४ करोड २३ लाख ५० रूपैयाँ विगो कायम गरिएको विभागले जनाएको छ ।